२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

शेखर कोइरालाले भने – कर्मचारीको साँठगाँठ तोड्न २ वर्ष कुलिङ पिरियड राखिन्छ, राजीनामा गरेर देखाऊ

११ जेष्ठ २०८२, शनिबार १६:१४

काठमाडौँ । नेपाली कांग्रेसका सांसद शेखर कोइरालाले कुलिङ पिरियड राख्नैपर्ने बताएका छन्। शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा नेता कोइरालाले दुई वर्षको कुलिङ पिरियड राख्नैपर्ने र त्यो राखिने बताएका हुन्। यसमा सचिवहरूले दबाब दिएर परिवर्तन नहुने कोइरालाको भनाइ छ।

‘दुई वर्ष कुलिङ पिरियड राख्नैपर्छ, राखिन्छ। उहाँहरूले प्रेसर दिएर राजीनामा गर्छु भन्नुभएको छ । राजीनामा गरेर देखाउनुपर्‍यो नि पहिले,’ उनले भने। त्यसकारण कुलिङ पिरियड के हुन्छ भन्ने विषयमा कसैले चिन्ता लिन जरूरी नरहेको कोइरालाले बताए। कुलिङ पिरियडको व्यवस्था नहुँदा चार दिन पहिले राजीनामा दिएर संवैधानिक निकायहरूमा नियुक्ति लिने प्रवृत्ति बढेको बताए।

‘कोही निवृत्त भएको भोलिपल्ट भइराख्नुभएको छ। २२/२३ सचिवहरू संवैधानिक परिषदमा हुनुहुन्छ। के देखाइरहेको छ यसले ?,’ उनले भने,’ यो सचिवहरूको पोस्ट रिटायरमेन्ट क्लबजस्तो देखियो।’ राज्य व्यवस्था समितिले संघीय निजामती सेवा विधेयकमा कुनै पनि कर्मचारी अवकाश भएको २ वर्षसम्म संवैधानिक र कूटनीतिक लगायतका नियुक्तिका लागि अयोग्य हुने व्यवस्था गरेको छ। जसलाई बोलीचालीको भाषामा ‘कुलिङ पिरियड’ भनिएको छ।

यो व्यवस्था लागू भए हाल सरकारमा भएका सचिवहरू रिटायर्ड भएको दुई वर्षसम्म संवैधानिक निकायमा नियुक्ति खान पाउने छैनन्। साथै उनीहरूलाई कूटनीतिक नियुक्ति र अन्य सरकारी नियुक्तिको ढोका बन्द हुनेछ।

राजनीतिज्ञ र कर्मचारीको साँठगाँठ तोड्न संसदीय समितिले गरेको निर्णयले आफूहरूलाई संवैधानिक नियुक्तिमा जान रोक्ने देखेपछि सरकारका सचिवहरू सरकारमाथि दबाबमा उत्रिएका छन्। उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवालाई भेटेर कुलिङ पिरियडको प्रावधान हटाइदिन आग्रह गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव