२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

लोडसेडिङ अन्त्यको लागि नेतृत्व बलियो हुनुपर्छ,जुन माथिल्लो निकायको दबाबमा नपरोस्: कुलमान घिसिङ

११ जेष्ठ २०८२, शनिबार १७:०३

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ अन्त्यको अवस्थालाई निरन्तरता दिन प्राधिकरणको नेतृत्व बलियो हुनुपर्ने बताएका छन् ।

शनिबार (जेठ १०) भक्तपुरको नीलबाराही मन्दिर परिसरमा सरसफाइ कार्यक्रममा उनले जनता र राम्रो टिमका कारण लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए । यसलाई निरन्तरता दिन नेतृत्वका साथै व्यवस्थापकीय पक्ष बलियो हुनुपर्ने उनले उल्लेख गरे ।

हावाहुरीलगायत कारणबाहेक बत्ती आउने–जाने समस्यलाई प्राधिकरणले गम्भीर रूपमा लिँदै उचित व्यवस्थापन गर्नुपर्नेमा उनले जोड दिए । उनले प्राधिकरणको वर्तमान नयाँ नेतृत्वले सही मान्छे व्यवस्थापन गर्दै उनीहरूको मनोबल उच्च राखेर काम गरे २४ घण्टा नै बत्ती नजाने गर्न सकिने बताए ।

“विद्युत् क्षेत्रमा लागेका साथीहरूले धेरै काम गर्नुपर्छ । लिडरसिप स्ट्रङ हुनुपर्छ । कुनै पनि माथिल्लो निकायबाट दिएको दबाबलाई त्यो किसिमले नलिएर अघि बढ्नुपर्छ,” उनले भने ।

उनले आफूले हालसम्म गरेका कामको अनुभवका आधारमा जनतामा समर्पित भएर लाग्ने सुनाए । धेरै क्षेत्रमा रहेको अँध्यारोलाई उज्यालोमा परिणत गर्ने दायित्व सबैको भएको भन्दै उनले आफू पनि त्यसनिम्ति क्रियाशील हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव