२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

युक्रेनमा ड्रोन आक्रमणपछि ट्रम्पद्वारा पुटिनको आलोचना

१३ जेष्ठ २०८२, सोमबार १५:३३

मस्कोले युक्रेनविरुद्ध ड्रोनको घातक प्रहार गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनको आलोचना गर्नुभएको छ ।

स्थानीय समय अनुसार आइतबार राति उक्त घटनालाई राष्ट्रपति ट्रम्पले उक्त घटनालाई ‘मूर्खता’ को संज्ञा दिनुभएको छ । रुसले युक्रेनविरुद्ध आइतबार राति गरेको ड्रोन प्रहारबाट कम्तीमा १३ जनाको मृत्यु भएको थियो ।

“रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग मेरो सधैँ राम्रो सम्बन्ध छ, आइतबारको व्यापक आक्रमणले उहाँलाई केही न केही भएकोजस्तो देखियो । यो बिल्कुल पागलपन हो।” ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको एक पोस्टमा भन्नुभएको छ ।

उहाँले भन्नुभयो, “मैले सधैँ भन्ने गरेको छु पुटिन युक्रेनको एक टुक्रा मात्र होइन, सम्पूर्ण भाग चाहनुहुन्छ । सायद यो सही साबित भइरहेको छ तर यदि उहाँले त्यसो गर्नुभयो भने यसले रूसको पतन निम्त्याउँछ।”

पछिल्लो समय दुर्लभ रूपमा पुटिनको आलोचना गर्ने गरेका ट्रम्पको टिप्पणीले मस्कोको आक्रमणले अमेरिकी नेताले किएभसँगको गतिरोधपूर्ण युद्धविराम वार्तामा मस्कोको अडानप्रति बढ्दो निराशा व्यक्त गरेको देखिएको छ ।

यसअघि आइतबार ट्रम्पले युक्रेनमा भएको पछिल्लो आक्रमणबाट आफू ‘खुसी नभएको’ र मस्कोमाथि थप प्रतिबन्ध लगाउनेबारे आफू ‘पूर्णरुपमा’ विचार गरिरहेको बताउनुभएको थियो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो, “मैले उनलाई लामो समयदेखि चिनेको छु, सधैं उहाँसँग घुलमिल भइरहन्छु, तर उहाँले शहरमा रकेट पठाउँदै छन् र मानिसहरूलाई मारिरहेका छन्, र मलाई यो पटक्कै मन परेको छैन।”

– ‘आतङ्क’ –

युक्रेनको आपतकालिन सेवाले राजधानी किएभसहित लगातार दोस्रो रात रुसले गरेको हवाई आक्रमणपछि देशमा ‘आतङ्कको वातावरण’ सिर्जना भएको जनाएको छ ।
रुसको पछिल्लो आक्रमणमा उत्तर–पश्चिमी क्षेत्र झितोमिरमा मारिएकामध्ये तीन जना ८, १२ र १७ वर्षका बालबालिका रहेको अधिकारीहरुले बताएका छन् । रूसको पछिल्लो व्यापक आक्रमणपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सामाजिक सञ्जालमा भन्नुभएको छ, “रुसी नेतृत्वमाथि कडा दबाब बिना यो क्रूरता रोक्न सकिंदैन ।” उहाँले भन्नुभयो, “प्रतिबन्धले पक्कै पनि रूसलाई वार्तामा बस्न मद्दत गर्नेछ । अमेरिका र विश्वका अन्य मुलुकको मौनताले पुटिनलाई प्रोत्साहन मात्र गर्छ ।”

आफ्नो सामाजिक सञ्जाल पोस्टमा ट्रम्पले जेलेन्स्कीको पनि आलोचना गर्नुभएको छ, “उहाँकोे आवेगले उहाँले देशलाई कुनै फाइदा गर्दैन।” “उहाँको मुखबाट निस्कने मलाई यो मन पर्दैन र यो बन्द गर्नु राम्रो हुन्छजस्ता सबै कुराले समस्या निम्त्याउँछ,” राष्ट्रपति ट्रम्पले भन्नुभयो । यसैबीच, युरोपेली सङ्घका उच्च कूटनीतिज्ञ काजा कल्लासले पनि यो युद्ध रोक्न रुसमाथि कडा भन्दा कडा अन्तर्राष्ट्रिय दबाब दिन आग्रह गर्नुभएको छ ।” उहाँले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “गत रातिको आक्रमणले रुसले युक्रेनलाई थप दुःख दिन चाहेको र युक्रेनको विनाशमा झुकेको देखाएको छ ।”

– प्रतिबन्धको आह्वान –

जर्मनीका विदेशमन्त्री जोहान वाडेफुलले पनि आक्रमणको निन्दा गर्नुभएको छ । “पुटिन शान्ति चाहँनुहुन्न, उहाँ युद्ध जारी राख्न चाहहनुहुन्छ तर हामीले उहाँलाई त्यसो गर्न दिनु हुँदैन”, वाडेफुलले भन्नुभयो, “यसैकारण हामी युरोपेली स्तरमा थप प्रतिबन्धहरू अनुमोदन गर्नेछौँ।” युक्रेनको सेनाले आइतबार ४५ वटा रुसी क्षेप्यास्त्र र २६६ वटा आक्रमणकारी ड्रोन खसालेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव