भदौ ८, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । 

“पार्टीले उठान गर्दै आएको प्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ ८, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । 

“पार्टीले उठान गर्दै आएको प्"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपाले भन्यो- ‘सबै निर्वाचनमा भाग लिन्छौँ’

८ भाद्र २०७४, बिहीबार ११:५०


भदौ ८, काठमाडौँ । राष्ट्रिय जनता पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने निर्णय गरेको छ । 

“पार्टीले उठान गर्दै आएको प्रमुख माग संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्बाट प्राविधिक रुपमा असफल भए पनि आफ्ना अधिकार र पहिचान स्थापित भएको हुँदा आगामी दिनमा हुने सबै निर्वाचनमा भाग लिन्छौँ,” पार्टीको निर्णयमा उल्लेख छ । 

पार्टीद्वारा दुईदिने केन्द्रीय पदाधिकारी तथा अध्यक्ष मण्डलका बैठकका निर्णयबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकारसम्मेलनमा संविधान संशोधनको पक्षमा बन्दै गएको वातावरणलाई आफ्नो पक्षमा पार्न नसक्नु सरकारको कमजोरी भएको ठहरसमेत बैठकले गरेको छ । 

बैठकले तेस्रो चरणको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारी चयन गर्न निर्वाचन हुने आठवटै जिल्लामा केन्द्रीय पर्यवेक्षक पठाउने निर्णयसमेत गरेको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले पत्रकारसम्मेलनमा जानकारी दिनुभयो । 

आगामी असोज २ गते प्रदेश नं २ मा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । संविधान संशोधनको माग पूरा नभएको भन्दै राजपाले स्थानीय तहको यसअघि सम्पन्न दुई चरणको निर्वाचन बहिष्कार गरेको थियो । 

बैठकले बाढीपीडितलाई राहत, पुनःस्थापना तथा क्षतिको पुनः निर्माण गर्न बाढी प्रभावित पुनः निर्माण प्राधिकरण गठन गर्न मागसमेत गरेको छ । यसका लागि दबाब तथा संविधान संशोधन विफल पारिएकामा यही भदौ ९ गतेदेखि २१ गतेसम्म हातमा कालोपट्टी बाँधी विरोध प्रदर्शन गर्ने समेत निर्णय गरेको छ । 

पत्रकारसम्मेलनमा अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुरले स्थानीय तहको निर्वाचनमा अन्य पार्टीसित सहकार्य नगर्ने तर स्थानीय आवश्यकताअनुसार हुन सक्ने जानकारी दिनुभयो । सञ्चारकर्मीको एक जिज्ञासामा उहाँले निर्वाचनमा छाता चुनाव चिह्न नपाएमा साइकल चिह्न लिएर निर्वाचनमा जाने छौँ भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता