२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

अमेरिकाको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको कडा विरोधमा उत्तर कोरिया

१४ जेष्ठ २०८२, मंगलवार १३:१२

उत्तर कोरियाले अमेरिकाको ‘गोल्डेन डोम’ क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको कडा विरोध गरेको छ । यो परियोजनालाई उसले ‘धेरै खतरनाक र धम्कीपूर्ण’ पहल भनेको छ ।

उत्तर कोरियाली विदेश मन्त्रालयअन्तर्गत काम गर्ने अमेरिकी अध्ययन संस्थानले यो परियोजनालाई अमेरिका पहिलो सोच, अहङ्कार र मनमानीपनको उदाहरणको रूपमा वर्णन गरेको छ । साथै, उत्तर कोरियाले यो अन्तरिक्षबाट आणविक युद्ध सुरु गर्ने तयारीजस्तै भएको पनि बताएको छ ।

मे २० मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गोल्डेन डोम मिसाइल डिफेन्स सिस्टम प्रोजेक्टको डिजाइनलाई अनुमोदन गरेका थिए । यसका लागि एक प्रमुख नेता पनि नियुक्त गरियो । यो परियोजनाको लागत लगभग १७५ अर्ब डलरको छ र यसको उद्देश्य अमेरिकालाई क्षेप्यास्त्र आक्रमणबाट जोगाउनु रहेको बताइएको छ ।

यस वर्ष मार्चमा अमेरिकी संसद्मा दिएको भाषणमा अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायलको आइरन डोम सुरक्षा ढालको ढाँचामा आफ्नो देशमा गोल्डेन डोम निर्माण गर्ने प्रस्ताव गरेका थिए । त्यसपछि गत मंगलबार उनले यो प्रणाली निर्माणका लागि स्वीकृति पनि दिए । अमेरिकासँग हाल आधुनिक समयका हाइपरसोनिक क्षेप्यास्त्र र ड्रोन आक्रमणको सामना गर्न कुनै सुरक्षा प्रणाली छैन ।

यस परियोजनाअन्तर्गत अमेरिकाले विश्वभरि सयौं उपग्रहहरूको नेटवर्क सिर्जना गर्नेछ, जसमा आधुनिक सेन्सर र इन्टरसेप्टरहरू हुने छन् । तिनीहरूको काम कुनै पनि शत्रु देशबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू उडान भर्नेबित्तिकै नष्ट गर्नु हुनेछ । यसअघि चीनले पनि यस परियोजनाको बारेमा आफ्नो चिन्ता व्यक्त गरिसकेको छ । चीनले अमेरिकालाई यसलाई तुरुन्तै रोक्न अपिल गरेको थियो । उत्तर कोरिया र चीन दुवैले यो परियोजनाले विश्वव्यापी शान्ति र सुरक्षामा खतरा निम्त्याउन सक्छ भन्ने धारणा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव