४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्वेक्षणमा दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा विपक्षी नेता ली अगाडि

१४ जेष्ठ २०८२, मंगलवार १४:३३
निर्वाचन हुन एक हप्ताभन्दा कम समय बाँकी रहँदा मङ्गलबार जारी गरिएको ग्यालप सर्वेक्षणले दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङ देशको अर्को राष्ट्रपति बन्ने दौडमा स्पष्ट अग्रस्थानमा रहको देखाएको छ ।
दक्षिण कोरियालीहरूले जुन ३ मा मतदान गर्नेछन् । निर्वाचनले पूर्व नेता युन सुक योलले डिसेम्बरमा नागरिक शासन निलम्बन गर्ने असफल प्रयासले सुरु गरेको महिनौँको राजनीतिक उथलपुथललाई टुङ्ग्याउनेछ ।
ग्यालपले डेमोक्रेटिक पार्टीका नेता लीलाई स्पष्ट अग्रस्थानमा राखेको छ । ४९ प्रतिशत उत्तरदाताले उहाँलाई सर्वोत्तम उम्मेदवारका रूपमा हेरेको बताएका छन् ।
सत्तारुढ पिपुल पावर पार्टीका पूर्व श्रममन्त्री किम मुन–सू ३५ प्रतिशत मतका साथ पछाडि हुनुहुन्छ ।
दक्षिण कोरियाली युवाहरूलाई लक्षित गरेर चुनावी अभियान चलाइरहेको रिफर्म पार्टीका ली जुन–सिओक ११ प्रतिशत मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
ग्यालप कोरियाद्वारा फोनमार्फत सञ्चालित यो सर्वेक्षणले सप्ताहन्तमा एक हजार चार उत्तरदाताको सर्वेक्षण गरेको थियो, जसमा तीन दशमलव एक प्रतिशत अङ्कको त्रुटि सीमा रहेको बताइएको छ ।
सर्वेक्षणले राजधानी सियोल, इन्चियन र ग्योङ्गीका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रहरू सुरक्षित गर्दै डेमोक्रेटिक पार्टीका नेताले लगभग सम्पूर्ण देशमा सहजै जित हासिल गर्ने सुझाव दिएको छ ।
तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी ली जे–म्युङलाई जित्नबाट रोक्नका लागि आफ्नो राष्ट्रपतीय उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नु परेको छ ।
तर निर्वाचनको दिन मतपत्रमा आफ्नो नाम ‘स्पष्ट रूपमा देखिने’ भएको घोषणा गर्दै ४० वर्षीय उहाँ दृढ हुनुहुन्छ ।
मङ्गलबारको सर्वेक्षणले ली जे–म्युङले एकीकृत कन्जर्भेटिभ उम्मेद्वारको सामना गरे पनि जित्ने सङ्केत गरेको छ ।
सर्वेक्षणमा सहभागी करिब पाँच प्रतिशतले आफूसँग कुनै प्राथमिकता नभएको वा सबैभन्दा राम्रो उम्मेदवार को हुनेछ भन्ने थाहा नभएको बताएका छन् ।
यो सर्वेक्षण अर्को सप्ताहको मतदानअघि जारी गरिने अन्तिम सर्वेक्षणहरूमध्ये एक हो, किनभने त्यसपछि सर्वेक्षण प्रकाशन गर्न प्रतिबन्ध छ ।
कन्जरभेटिभ उम्मेद्वार किमले युनको मार्सल कानूनको पराजयपछि जनताको ध्यान खिच्नुभएको थियो, जब उहाँले नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गर्नुभयो ।
हप्तौँसम्म ली जे–म्युङभन्दा पछि परेपछि उहाँ बिस्तारै नजिक आइरहनुभएको छ ।
नेक्स्ट रिसर्चले सोमबार जारी गरेको एक सर्वेक्षणले दुई उम्मेद्वारबीचको अन्तर राष्ट्रव्यापी नौ प्रतिशत विन्दुमा सङ्कुचित भएको र सियोलमा मात्र तीन दशमलव दुई अङ्कमा झरेको देखाएको छ ।
ली सन् २०२२ को राष्ट्रपति चुनावमा युनसँग देशको इतिहासमा कुनै पनि मतको सबैभन्दा सानो अन्तरले पराजित हुनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता