२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सर्वेक्षणमा दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचनमा विपक्षी नेता ली अगाडि

२०८२, १४ जेष्ठ मंगलवार १४:३३
निर्वाचन हुन एक हप्ताभन्दा कम समय बाँकी रहँदा मङ्गलबार जारी गरिएको ग्यालप सर्वेक्षणले दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङ देशको अर्को राष्ट्रपति बन्ने दौडमा स्पष्ट अग्रस्थानमा रहको देखाएको छ ।
दक्षिण कोरियालीहरूले जुन ३ मा मतदान गर्नेछन् । निर्वाचनले पूर्व नेता युन सुक योलले डिसेम्बरमा नागरिक शासन निलम्बन गर्ने असफल प्रयासले सुरु गरेको महिनौँको राजनीतिक उथलपुथललाई टुङ्ग्याउनेछ ।
ग्यालपले डेमोक्रेटिक पार्टीका नेता लीलाई स्पष्ट अग्रस्थानमा राखेको छ । ४९ प्रतिशत उत्तरदाताले उहाँलाई सर्वोत्तम उम्मेदवारका रूपमा हेरेको बताएका छन् ।
सत्तारुढ पिपुल पावर पार्टीका पूर्व श्रममन्त्री किम मुन–सू ३५ प्रतिशत मतका साथ पछाडि हुनुहुन्छ ।
दक्षिण कोरियाली युवाहरूलाई लक्षित गरेर चुनावी अभियान चलाइरहेको रिफर्म पार्टीका ली जुन–सिओक ११ प्रतिशत मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।
ग्यालप कोरियाद्वारा फोनमार्फत सञ्चालित यो सर्वेक्षणले सप्ताहन्तमा एक हजार चार उत्तरदाताको सर्वेक्षण गरेको थियो, जसमा तीन दशमलव एक प्रतिशत अङ्कको त्रुटि सीमा रहेको बताइएको छ ।
सर्वेक्षणले राजधानी सियोल, इन्चियन र ग्योङ्गीका सबैभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रहरू सुरक्षित गर्दै डेमोक्रेटिक पार्टीका नेताले लगभग सम्पूर्ण देशमा सहजै जित हासिल गर्ने सुझाव दिएको छ ।
तेस्रो स्थानमा रहेका ली जुन–सिओकले वामपन्थी ली जे–म्युङलाई जित्नबाट रोक्नका लागि आफ्नो राष्ट्रपतीय उम्मेदवारी त्याग्न कन्जरभेटिभहरूको बढ्दो दबाबको सामना गर्नु परेको छ ।
तर निर्वाचनको दिन मतपत्रमा आफ्नो नाम ‘स्पष्ट रूपमा देखिने’ भएको घोषणा गर्दै ४० वर्षीय उहाँ दृढ हुनुहुन्छ ।
मङ्गलबारको सर्वेक्षणले ली जे–म्युङले एकीकृत कन्जर्भेटिभ उम्मेद्वारको सामना गरे पनि जित्ने सङ्केत गरेको छ ।
सर्वेक्षणमा सहभागी करिब पाँच प्रतिशतले आफूसँग कुनै प्राथमिकता नभएको वा सबैभन्दा राम्रो उम्मेदवार को हुनेछ भन्ने थाहा नभएको बताएका छन् ।
यो सर्वेक्षण अर्को सप्ताहको मतदानअघि जारी गरिने अन्तिम सर्वेक्षणहरूमध्ये एक हो, किनभने त्यसपछि सर्वेक्षण प्रकाशन गर्न प्रतिबन्ध छ ।
कन्जरभेटिभ उम्मेद्वार किमले युनको मार्सल कानूनको पराजयपछि जनताको ध्यान खिच्नुभएको थियो, जब उहाँले नागरिक शासनको निलम्बन रोक्न असफल भएकोमा जनतासँग माफी माग्न अस्वीकार गर्नुभयो ।
हप्तौँसम्म ली जे–म्युङभन्दा पछि परेपछि उहाँ बिस्तारै नजिक आइरहनुभएको छ ।
नेक्स्ट रिसर्चले सोमबार जारी गरेको एक सर्वेक्षणले दुई उम्मेद्वारबीचको अन्तर राष्ट्रव्यापी नौ प्रतिशत विन्दुमा सङ्कुचित भएको र सियोलमा मात्र तीन दशमलव दुई अङ्कमा झरेको देखाएको छ ।
ली सन् २०२२ को राष्ट्रपति चुनावमा युनसँग देशको इतिहासमा कुनै पनि मतको सबैभन्दा सानो अन्तरले पराजित हुनुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी