१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी

१५ जेष्ठ २०८२, बुधबार १३:३८

काठमाडौँ । कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता, २०८२’ माथिको छलफलले निरन्तरता पाएको छ । छलफलमा कोशी प्रदेशसभा सदस्य राजन किराँती र निरन राईसहित ११ जना सदस्य बोल्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका उपसचिव गौतम अमात्यले जानकारी दिनुभयो । उहाँहरुले छलफलको क्रममा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई मूर्तरुप दिन विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताबाट बन्ने बजेट आम नागरिकलाई अनुभूति गर्ने किसिमको हुनुपर्छ भन्नुभयो । उहाँहरुले बजेटमा प्रदेशसभाका सदस्यहरुको ९० प्रतिशत योजनालाई समावेश गर्नुपर्ने, जनताको जीवनस्तर सुधार्ने किसिमको हुनुपर्ने, भौतिक पूर्वाधारको विकाससँगै मानवीय विकासमा जोड दिनुपर्ने सुझाव दिनुभएको छ ।

विशेष समय

नेपाल कम्युनिष्ट पार्टी(एमाले) संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिंथेपले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गर्न कसैले पनि नसक्ने बताउनुभयो । उहाँले अहिलेको परिवेशमा सबैले आफूलाई सच्याउँदै लैजानुपर्ने धारणा राख्दै सरकार सुशासन र सेवा प्रवाहको क्षेत्रमा लागि पर्नुपर्ने विचार राख्नुभयो । यसैगरी,बैठकको शून्य समयमा गोम्बु शेर्पा, प्रदीपकुमार सुनवार, रामकुमार खत्री, कमला दर्नाल र किशोरचन्द्र दुलालले बोल्नुभएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव