१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्रीको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने प्रतिपक्षी दलहरूको निर्णय

१५ जेष्ठ २०८२, बुधबार १४:०२

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेख लेखकको राजीनामा माग्दै संसद् बैठक अवरोध गर्दै आइरहेका प्रतिपक्षी दलहरूले बिहीबार बजेट पेस गर्दा भने अवरोध नगर्ने भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा संसद् भवनमा बसेको विपक्षी दलको बैठकले गृहमन्त्री लेखकको राजीनामा माग्ने तर बजेट पेस गर्न भने नरोक्ने निर्णय गरेको हो।

‘बजेट आउने दिन संविधानमा किटान गरेको कुरा छ। यसलाई हामीले मान्नैपर्छ अटेर हुने कुरा भएन,’ बैठकमा भएको निष्कर्ष सुनाउँदै माओवादी सांसद लेखनाथ दाहालले भने, ‘बजेट पेस हुने बैठकमा चाहिँ लचिलो हुने भन्नेछ।’

उक्त बैठकले गृहमन्त्रीको राजीनामा नै विपक्षीको बटम लाइन भएको निर्णय गरेको पनि उनले सुनाए।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले पदबाट राजीनामा दिनुपर्ने र उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने अडानमा विपक्षी छन्। सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले भने गृहमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नभएको बताउँदै आएका छन्। कांग्रेस पदाधिकारी बैठकले त उनले राजीनामा नदिने निर्णय नै गरिसकेको छ।
आजको बैठकमा लेखकले जवाफ दिने तयारी गरेका थिए। तर विपक्षीले अवरोध गरेपछि ११ बजे भनिएको बैठक १ बजे सुरु भए पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव