भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्न"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रदेश २ को निर्वाचनको लागि माओवादीको यस्तो छ तयारी

९ भाद्र २०७४, शुक्रबार ०६:२२

भदौ ९, काठमाडौँ | मधेशमा पहिलो हुने दावी गरेको माओवादी केन्द्रले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनको लागि भदौ १३ गतेभित्र सबै उम्मेदवारको टुंगो लगाईसक्ने तयारी अनुसार काम गरेको छ । 

अहिले माओवादी केन्द्र प्रदेश २ को इन्चार्ज मात्रिका यादव छन् । २ नम्बर प्रदेशका १ सय ३६ स्थानीय तह मध्ये माओवादी केन्द्रले आधा भन्दा बढी उम्मेदारको टुङ्गो लगाई सकेको यादवले बताएका छन् । यादवका अनुसार माओवादीको १३ भदौमा जनकपुरमा हुने बैठकले बाँकी सबै उम्मेदवारको टुंगो लगाउनेछ । जनकपुरमा हुने उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित प्रदेश नम्बर २ का मुख्य-मुख्य नेताहरुको उपस्थिति हुनेछ । 

प्रदेश नम्बर २ मा माओवादीले मधेसकेन्द्रित तथा कांग्रेससंग तालमेल गर्न सक्ने बुझिएको छ । यस अघिका २ चरणमा भएको निर्वाचनमा कांग्रेस माओवादीको तालमेल भए अनुसारनै कांग्रेसले पनि माओवादी केन्द्रसँग तालमेल गर्नेछ । साथै माओवादी केन्द्रले तालमेलकै कारण उम्मेदवार घोषणामा ढिलाइ भएको बताएको छ । माओवादीले आफुले जित्नेजस्तो स्थानमा एक्लै लड्नेछ भने कम्जोर स्थानमा स्थिति हेरेर कांग्रेस वा मधेसकेन्द्रित दलसँग मिल्न सक्ने देखिएको छ । माओवादीले तालमेलको स्थिति हेरेर कांग्रेस र मधेसकेन्द्रित दलसँग समेत छलफल गरेर छिटै टुंगोमा लगाउने तयारि समेत गरेको छ ।

माओवादीले मधेसमा माओवादी केन्द्र पहिलो शक्ति बन्ने आधार देखेको बताईएको छ । सरकारमा हुँदा मधेस–पहाड जोड्ने काम गरेकाले मधेसी जनताले माओवादीलाई जिताउने उसको विश्वास छ । माओवादीले त्यसका लागि तालमेलसँगै जनमत बुझेर मात्र उम्मेदवार छनोट गर्ने जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले केहि दिन अघि मधेस केन्द्रित हजारौं नेता/कार्यकर्ताहरु माओवादीमा प्रवेस गर्ने बताए अनुसार नेपाल लोकतान्त्रिक फोरमका उपाध्यक्ष रामेश्वर राय यादव भदौ १४ मा माओवादी केन्द्रमा प्रवेश गर्ने भएका छन् । उनिसँगै उनीनिकटका नेता तथा कार्यकर्ताहरु माओवादीमा प्रवेश गर्ने पक्का-पक्कि भईसकेको र त्यस अनुसार कार्यक्रम समेत तय गरिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता