२०८२, २७ फाल्गुन बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कोशी प्रदेश

भिजिट भिसाबारे गगन थापाले भने- संविधानले अनुसन्धानको जिम्मा अख्तियारलाई दिएको छ,यसमा अलमल नगर्नु

२०८२, १५ जेष्ठ बुधबार १६:१०

काठमाडौँ । भिजिट भिसाबारे नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुसन्धानमा अलमल नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुरोध गरेका छन् । धरानमा भएको पार्टीको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

“भिजिट भिसा प्रकरणमा अनुसन्धानमा कुनै अलमल नहोस्, यो संगठित जालो र अपराधमा संलग्न देखिएका दोषी दण्डित हुनुपर्छ,” उनले भने, “यससँगै भिजिट भिसाको नाममा हुने गरेको ठगीको धन्दा र यसको नेक्सस सधैंलाई बन्द गर्न तथा यो नाममा आम नागरिकले भोग्नुपरेको सास्ती र शोषणको अन्त्य गर्न कानुनी र प्रशासननिक सुधार तत्काल गर्नु आवश्यक छ ।”

उनले भिजिट भिसाका नाममा सयौं नेपाली नागरिक ठगिएको र शोषणमा परेको सार्वजनिक भइरहेका बेला यो कुन हदसम्म विकराल रहेछ र यसको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने देखिएको बताए ।

“अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस प्रकरणमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय प्रमुख लगायतमा अनुसन्धान थालेको छ । कुनै शक्तिको भक्ति नगरी निर्भीक भएर तथा भिडको दबाव वा प्रभावमा नपरी निष्पक्ष ढङ्गले अख्तियारले अनुसन्धानलाई अगाडि बढाउनुपर्छ । कुनै अलमलमा नपरिकन यसको गहिराइसम्म पुग्नुपर्छ । जो जो परोस् जहाँ सम्म पुगोस् यसका जरा, हाँगा बिंगा सबै खोज्नुपर्छ,” उनको भनाइ थियो ।

गृहमन्त्री रमेश लेखकको नाम पनि जोडेर चर्चा(परिचर्चा भइरहेको छ । यसरी नाम जोडिएर चर्चा भइसकेपछि पदमा रहिरहन मिल्छ कि मिल्दैन ? अनेकन कोणबाट बहस भइरहेको हुँदा त्यसको अनुसन्धान र अभियोजन गर्ने जिम्मा संविधानले नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दिएको बताउँदै त्यसैले हरेक वर्ष अनेकन विषयमा हजारौंको संख्यामा अधिकारीहरू माथि अनुसन्धान भैइरहेको हुन्छ ति मध्ये कसैलाई अभियोजन हुन्छ कसैलाई हुँदैन, यो नियमित प्रक्रिया भएकाले यसमा सबैले सहयोग पुर्‍याउनुपर्ने बताए ।

“वर्तमान सरकारकै पनि दर्जनौ मन्त्रालयका सयौं अधिकारी माथि अहिले अनुसन्धान भै रहेको छ, जुन निकाय वा जो माथि अनुसन्धान भैइरहेको छ सम्बन्धित विषयसँग उनीहरु नै जोडिन्छ,” उनले भने, “अनुसन्धानका क्रममा नयाँ तथ्य र प्रमाणहरू प्राप्त भए भने, अनुसन्धानको दायरामा अन्य जिम्मेवार प्रशासनिक वा राजनीतिक अधिकारीहरू थपिंदै जान्छन् ।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईमा इरानको आक्रमणमा परेर हालसम्म १५ नेपाली घाइते वैदेशिक रोजगारीका लागि ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सुर्खेतमा १६ वर्षीया बालिकाको मृत्यु प्रकरण : छानबिनको माग गर्दै पीडित परिवार आन्दोलित घाइते भएको हल्लाबीच इरानका सर्वोच्च नेता खामेनी सुरक्षित रहेको दाबी समानुपातिकतर्फको मतगणना सम्पन्न वायु प्रदूषणबाट सावधानी अपनाउन नेपाल प्रहरीको आग्रह रवि लामिछानेविरुद्धका मुद्दा फिर्ता विवादलाई पूर्ण इजलासमा पठाउन आदेश समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा, रास्वपाको ५१ लाख ३९ हजार २३५ मत प्राप्त सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ कुरा गर्ने कसैलाई छुट छैन: राजुनाथ पाण्डे गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता पूर्वप्रधानमन्त्री भट्टराई भोलि भारत जाने एमालेका नेता विष्णु पौडेलको चुनाव खर्च २८ लाख उपभोक्ता ठग्ने ग्यास उद्योगी र विक्रेतालाई कारबाही गर्न महासंघको माग नेप्से परिसूचक ३२ अङ्कले घट्यो १६ वर्षीया किशोरीको बलात्कारपछि हत्या, ४ जना पक्राउ देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ: कुलमान घिसिङ आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा पाकिस्तानद्वारा बधाई विवाहमा गएका दुई किशोरीको शव फेला अर्थमन्त्री खनालले फिर्ता गरे कूटनीतिक पासपोर्ट