१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भाटभटेनी लुटपाटमा संलग्न १० जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

१५ जेष्ठ २०८२, बुधबार १७:०९

काठमाडौँ । गत चैत १५ गते राजधानीको तीनकुनेमा आयोजित प्रदर्शनका क्रममा भाटभटेनी डिपार्टमेन्ट स्टोरमा भएको लुटपाट घटनामा संलग्न रहेका १० जनालाई धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएको छ।

बुधबार थुनछेक बहसपछि न्यायाधीश पदमराज पाण्डेले उनीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएका हुन्। अदालतले आपराधिक उपद्रव अभियोगमा कारबाही सामना गरिरहेका श्रवण कुमार लामा र समिर मगरलाई ७० हजार धरौटीमा रिहा गर्न भनेको छ।

यस्तै, रविरन्जन कुमार सिंह, आशिक कुमार महतो र प्रेम कुमार महतोसँग जनही ३५ हजार धरौटी माग गरिएको छ। गोविन्दा राय, सुशिला कुमाल र राधेश्याम यादवलाई जनही २० हजार धरौटीमा रिहा गर्न आदेश दिइएको छ। एलिसा राई (लक्ष्मी) र दिनेश महतोसँग भने जनही १० हजार धरौटी माग गरिएको छ।

अभियोजनमा परेका ११ जना मध्ये सिन्धुपाल्चोककी निर्मला कार्की भने फरार अवस्थामा रहेकी अदालतको आदेशमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द