१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

माओवादी सांसदले ‘भिजिट भिसामा हजुर’ गीत गाएर गृहमन्त्रीको राजीनामा माग

१५ जेष्ठ २०८२, बुधबार १७:१९

काठमाडौँ । सङ्घीय गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कोशी प्रदेशसभामा बुधबार एक सांसदले गीतमार्फत विरोध जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोम्बु शेर्पाले शून्य समयमा चर्चित गीत ‘भिजिट भिसामा हजुर’ गाएर गृहमन्त्री लेखकमाथि आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।

शेर्पाले आफ्नो सम्बोधनको सुरुवात चर्चित गीतबाट गर्दै भने, ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुईँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’ यस गीतमार्फत उनले विदेश पलायनमा जान बाध्य नेपाली युवाहरूको पीडा चित्रण गरेका थिए । त्यसपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा बेरोजगार युवाहरूबाट लाखौँ रुपैयाँ असुली हुने गरेको दाबी गरे ।

शेर्पाले गृहमन्त्री लेखकको सचिवालयमा ‘बदनाम र विवादास्पद’ व्यक्ति सक्रिय रहेको भन्दै मिलेमतोको आशङ्का व्यक्त गरे । उनले आरोप लगाए, ‘लुट धन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’

शेर्पाको भनाइप्रति नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले कडा आपत्ति जनाए । उनले भिजिट भिसा प्रकरण सङ्घीय सरकारले हेर्ने विषय भएको उल्लेख गर्दै प्रदेशसभामा यस विषयलाई अतिरञ्जित ढङ्गले उठाइएको आरोप लगाए ।

‘संसद्को आफ्नै मर्यादा हुन्छ । सङ्घीय संसद्को अपमान हुने गरी प्रदेशसभामा यस्ता विषय उठाइनु अनुचित हो ।’ सुनुवारले भने । उनले भिजिट भिसा सम्बन्धी विषयमा अनुसन्धान र कारबाहीको प्रक्रिया सङ्घीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले त्यसलाई राजनीतिक रूपमा दुरुपयोग नगर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द