भदौ ९, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ ९, काठमाडौँ। नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकतन्त्रको संस्थागत गर्न प्रेसको भूमिका महत्वपूर्ण: कोइराला

९ भाद्र २०७४, शुक्रबार ०७:४३


भदौ ९, काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शंशाङ्क कोइरालाले लोकतन्त्रको संस्थागत विकासका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आज आफ्नै निवास महाराजगञ्जमा बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । 

लोकन्त्रमाथि आइपर्ने खतराका सम्बन्धमा सञ्चार क्षेत्र सदैव सतर्क रहनुपर्ने धारणा व्यक्त गर्दै महामन्त्री डा कोइरालाले भन्नुभयो, “राज्यको चाँैथो अंग प्रेसको स्वतन्त्रतामाथि कहिल्यै हस्तक्षेप हुनुहुँदैन भन्नुभयो ।” सञ्चार जगत सदैव स्वतन्त्र र निष्पक्ष हुुनुपर्ने बताउँदै उहाँले लोकतन्त्रको सुदृढीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभयो । 

कार्यक्रममा महासंघका नवनिर्वाचित अध्यक्ष गोविन्द आचार्यले प्रेस स्वतन्त्रताका सम्बन्धमा कहिल्यै कसैसँग सम्झौता नहुने दृढता व्यक्त गर्दै पत्रकार हकहितका लागि काम गर्ने प्रतिबद्धता दोहो¥याउनुभयो । 

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले महासंघले अब सबैलाई समेटेर आफ्नोे साझा चरित्र कायम राख्नुपर्ने सुझाव दिनुभयो । 

महासंघका पूर्व महासचिव पोषण केसीले महासंघको नयाँ नेतृत्वले श्रमजीवी पत्रकारका आर्थिक र भौतिक सुरक्षाका सम्बन्धमा काम गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा काँग्रेस नेता डा शेखर कोइराला, पूर्व उपप्रधानमन्त्री एवं काँग्रेस नेतृ सुजाता कोइराला, पूर्व परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, मन्त्री रामकृष्ण यादव, राज्यमन्त्री, काँग्रेसका नेता, महासंघका पूर्व अध्यक्ष, वरिष्ठ पत्रकारलगायतको उपस्थिति थियो । 

यसअघि आजै काँग्रेस नेता डा महतले आफ्नो निवासमा महासंघका नवनिर्वाचित पदाधिकारी र सदस्यलाई बधाई तथा जलपान कार्यक्रमको आयोजना गर्नुुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता