दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार"/>
दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार"/>
भदौ १०, काठमाडौं । स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरले अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् ।
दुई दिनदेखि अस्वस्थ उनी चिकित्सकको सल्लाह अनुसार शनिवार बिहानदेखि अस्पताल भर्ना भएका हुन्। उनलाई ज्वरो देखिएपछि शुक्रवारदेखि डाक्टरले एन्टिबायोटिक सेवन गर्न सिफारिस गरेका थिए ।
मन्त्री पोखरेललाई टायफाइड भएको बताइएको छ । शुक्रवार एक हप्ताको बेड रेस्टको सल्लाह दिएर औषधि चलाइएपनि ज्वरो नघटेपछि उनलाई अस्पताल भर्ना गरेर उपचार थालिएको हो ।