भदौ १०, काठमाडौँ | माओवादी केन्द्र समर्थित भात्री संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ | माओवादी केन्द्र समर्थित भात्री संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा प"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा पढाउन नपाइने

१० भाद्र २०७४, शनिबार १५:३७

भदौ १०, काठमाडौँ | माओवादी केन्द्र समर्थित बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको जारी राष्ट्रिय सम्मेलनले अखिल क्रान्तिकारीका नेताहरुले आफ्नो छोरा-छोरी निजि स्कुलमा पढाउन नपाइने निर्णय सहितको बिधान सर्व सहमतिले पारित गरेको छ । 

पारित बिधान अनुसार अब अखिल क्रान्तिकारीका कुनै पनि पदाधिकारी नेताहरुले आफ्ना छोराछोरीलाई निजि स्कुलमा नभई सामुदायिक वा सरकारी बिद्यालय पढाउनुपर्ने बाध्यकारी स्थिति सृजना भएको छ । साथै संगठनले आफुहरुले गरेको निर्णय कडाइपुर्बक कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नीजी बिद्यालय कमाउ धन्दामा लागेको तथा निजि बिद्यालयकै प्रभावमा परि सरकारी बिद्यालयको शैक्षिक स्तर खस्केको भन्दै नेतादेखिनै शैक्षिक सुधारमा प्रयास गर्न निजि बिद्यालयमा आफ्नो छोरा-छोरी पढाउन नपाउने निर्णय गरिएको बताइएको छ । अखिल क्रान्तिकारीको पछिल्लो निर्णय स्वागतयोग्य रहेको भन्दै कडाका साथ यस नीतिलाई आत्मसाथ गर्ने र नियम बिपरित कुनै नेताले निजि स्कुलमा हाले कडा कारवाही गराउने बताइएको छ । 

यसैबीच अखिल क्रान्तिकारीको निर्वाचनमा यो पटकको लागि उमेर हद नलाग्ने भएको छ । उसले उमेरहदको छुट्टै बिधान बनाई थप निर्णय लिने जनाएको छ । यो पटक अखिल क्रान्तिकारीको नेतृत्वको लागि सहमतिको प्रयास गरिने बताइए पनि सम्भावना नरहेको भन्दै निर्वाचन प्रक्रियामै जाने देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत सहमति नभए निर्वाचन गरेरै भएपनि नेतृत्व छान्न सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता