भदौ १०, काठमाडौँ । नेकपा ९एमाले० का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १०, काठमाडौँ । नेकपा ९एमाले० का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन्मभूमि प्रदेश २ भएकोले एमाले पहिलो पार्टी बन्छ: गौतम

१० भाद्र २०७४, शनिबार १५:५७

भदौ १०, काठमाडौँ । नेकपा ९एमाले० का कार्यवाहक अध्यक्ष वामदेव गौतमले एमालेको जन्ममूभि नै प्रदेश नं २ भएकाले स्थानीय तहको निर्वाचनमा सजिलै पहिलो पार्टी बन्ने ठोकुवा गर्नुभएको छ । 

एमाले मोर्चा संगठनले आयोजना गरेको ‘जनवर्गीय संगठनको अगुवा कार्यकर्ता भेला’लाई आज यहाँ सम्बोधन गदै उहाँले भन्नुभयो, “एमाले जुन ठाउँमा जन्मिएको हो । त्यही ठाउँमा असोज २ गते निर्वाचन हुँदैछ । त्यसैले, आफू जन्मिएको ठाउँमा एमालेले पहिलो स्थान ल्याउँछ ।” 

उहाँले मधेशवादी दल च्याउ उम्रेजस्तै उम्रेपनि एमालेले स्थानीय तहको निर्वाचनमा अग्रणी स्थान हासिल गर्ने बताउनुभयो । पटकपटकको परीक्षामा एमाले पास भएको भन्दै प्रदेश नं २ को स्थानीय निर्वाचनमा पनि पहिलो स्थान ल्याएर पास हुने उहाँको भनाइ थियो । 

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई संसदबाट जारी गरिएको संविधानको बहुमत पु¥याएर संशोधन गर्ने कुरा गरेर रुपान्तरित संसद्को अपमान गरेको धारणा राख्नुभयो । 

“संविधान पालन गर्ने र संरक्षण गर्ने स्वयं प्रधानमन्त्रीले नै संशोधन हुन नसकेको संविधान फेरि बहुमत पु¥याएर संशोधन गर्दछु भन्ने कुरा अर्को देशको राष्ट्रप्रमुखलाई भन्नु ठिक होइन”–उहाँले भन्नुभयो, “यसबाट प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले नै संविधानको पालना गरिएको देखिएन ।” 

कावा अध्यक्ष गौतमले एमालेको लोकप्रियता देखेर दक्षिण र उत्तरतिर फर्केकाले एमालेलाई हराउने प्रयासमा लागेको उल्लेख गर्नुभयो । “कुनै नीति, विचार र लक्ष्य नमिल्ने पार्टीहरु मिलेर एमालेका विरुद्ध लागेका छन्”–उहाँले भन्नुभयो, “तर त्यसले केही फरक पर्दैन । एमालेले लिएको नीति र विचारले नै जित्ने हो ।” 

स्थानीय तहको अधिकार कटौती गरेको हुनाले संविधान संशोधन एमालेले असफल बनाएको धारणा उहाँले राख्नुभयो । कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले नेपाली काँग्रेस र नेकपा ९माओवादी केन्द्र०ले एक्लाएक्लै चुनावमा लड्ने सामथ्र्य गुमाइसकेकाले गठबन्धन गरेर चुनाव लड्न लागेको आरोप लगाउनुभयो । उहाँले दुई पार्टीको गठबन्धनलाई एमालेले एक्लै प्रदेश नं २ को निर्वाचनमा जित्ने दावी पनि गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता