सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनु"/>
२ माघ २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

तुलसीपुर उपमहानगरको सोमबार नगरसभा बस्दै, झण्डै सवा अर्ब बढीको बजेट प्रस्तुत हुने

११ भाद्र २०७४, आईतवार १४:३९

सन्तोषकुमार गुप्ता । दाङ ११ भदौ । दाङको तुलसीपुर उपमहानगरपालिकाले आर्थिक बर्ष २०७४ र७५ मा १ अरब १७ करोड ८६ लाख ९६ हजार ३ सय ९७ रकम बराबरको आय अनुमान गरीएको बजेट प्रस्तुत हुनथालेको बताईएको छ । आईतबार तुलसीपुर उपमहानगरपालिकाद्धारा आयोजना गरीएको पत्रकार भेटघाट कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले उक्त कुराको जानकारी दिएका छन । सोमबार बस्ने नगर सभाको बैठकमा उक्त बजेट प्रस्तुत हुने बताईएको छ । नगर प्रमुख पाण्डेका अनुसार यो बर्षदेखी एकिकृत सम्पती करलाई सबै वडामा बिस्तार गरिने समेत उनले बताएका छन ।

यो आर्थिक बर्षको बजेटमा शिक्षा, स्वास्थ्य, शैक्षिक सुधार र कृषी  क्षेत्रलाई बिशेष प्राथमिक्तामा राखिएको उनले बताएका छन । प्रमुख पाण्डेका अनुसार बजेटका मुख्य बिशेषताहरुमा यस्ता रहेका छन् । 

१) प्रत्येक वडामा रु १ करोड बजेट बिनियोजन ।

२) पुर्बाधार अन्तर्गत सडक, खानेपानी जस्ता कुरामा प्राथमिक्ता ।

३)बाढी प्रभाबित क्षेत्रमा ३ करोड बजेट ।

४) फोहर व्यबस्थापन र गरीबी व्यबस्थापनलाई उच्च प्राथमिक्ता ।

५) ८ वटा स्थास्थ्य केन्द्रहरुमा एम्बुलेन्स सुरु ।

६)वार्ड नं ५ र ६ मा शब बहान खरीद २ वटा ।

७) १९ वटै वडामा खेलकुद मैदान निर्माण ।

८) प्राबिधिक शिक्षा सञ्चालन गर्ने कलेजलाई १० लाख अनुदान ।

९) तुलसीपुर बजारलाई सिसि क्यामरामा जोड्ने ।

१०) १९ वटै वार्डमा वाईफाई सेवा सञ्चालन ।

११) रोटरी पार्कीङ र तुलसी र्टेड टावर सञ्चालन ।

१२) छिल्लीकोटमा केबुलकार सञ्चालनको सँभाव्यत्ता सुरु ।

१३) बसपार्कलाई यो आर्थिक बर्ष भित्र सञ्चालन गर्न ९ करोड बजेट बिनियोजन ।

१४) मातृ शिशु सुरक्षा भत्तामा सरकारले दिने सेवामा थप वृद्धी गरी ५ हजार पुराउने ।

१५) १ जना साहित्यकारको कृर्ति प्रकाशनको पुरा जिम्मेवारी लिने र श्रस्टाहरुलाई सम्मान कार्यक्रम जस्ता कुरा यो बजेटको मुख्य बिशेषता रहेको पत्रकार सम्मेलनमा प्रमुख पाण्डेले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ