भदौ १२, विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संविधान आवश्यकतानुसार संशोधन हुँदै जान्छ: प्रचण्ड

१२ भाद्र २०७४, सोमबार १०:५०

भदौ १२, विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनका लागि तीनवटै तहको निर्वाचनलाई सफल बनाउन दललाई एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ । 

विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले पहिलो र दोस्रोचरणको निर्वाचन सम्पन्न भएपछि संविधान कार्यान्यनमा बल पुगेको र तेस्रोचरणको स्थानीय निर्वाचनमा सबै दल सहभागी हुने भएपछि उत्साहका साथ सो निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

यो वर्ष ‘चुनावी वर्ष’ भएको प्रशंग उल्लेख गर्दै उहाँले प्रदेश र संघीय संसद्को निर्वाचन निर्धारित समयभित्रै सम्पन्न हुने स्पष्ट पार्नुभयो । 

अध्यक्ष दाहालले संविधान गतिशील विषय भएकाले आवश्यकतानुसार संशोधन हुने जाने उल्लेख गर्दै अहिलेको अवस्थामा राष्ट्रिय जनता दलसमेत सहभागी भएर संविधान संशोधनको प्रक्रिया हाललाई टुंगो लागेको र संसदीय निर्वाचनपछि बन्ने संसद्ले कुन/कुन विषयमा संविधान संशोधन गर्ने विषयको समाधान गर्ने स्पष्ट पार्नुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनको विषयमा भारत भ्रमणको समयमा दिनुभएको अभिव्यक्तिको सम्बन्धमा पत्रकारको जिज्ञासामा उहाँले आफुलाई अधिकारिक रुपमा जानकारी नभएको र अहिले संविधान संशोधनको विषय असान्दर्भिक भएको बताउनुभयो । 

कोसी उच्च बाँधका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले भन्नुभयो, “संयुक्त वक्तव्य आफुले हेरेको र त्यो राख्नुपर्ने आवश्यक थिएन्, यस विषयमा प्रधानमन्त्री लगायतसँग छलफल गर्नेछु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता