८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिला हिंसा अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयन: सांसद

१२ भाद्र २०७४, सोमबार ११:०८

काठमाडौँ, १२ भदौ । महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न भएका ऐन÷कानून कार्यान्वयनसँगै कडा भन्दा कडा कानून निर्माण गर्नुपर्नेमा सांसदहरूले जोड लिएका छन् । 

राष्ट्रिय महिला आयोगद्वारा यहाँ आज आयोजित ‘नेपाली महिलाको संवैधानिक र कानूनी हकअधिकार’ सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठीमा सासंद रिता रावलले पछिल्लो पटक मुलुकका विभिन्न स्थानमा बलात्कारका घटना बढ्दै गरिरहेको सन्दर्भमा सम्बन्धित निकायले यसलाई गम्भीर रूपमा लिनुपर्ने बताउनुभयो । 

सांसद उर्मिलादेवी शाहले राज्यका हरेक संरचनामा महिलाको समान सहभागितालाई व्यवहारिक रूपमा कार्यान्वयन गर्नुका साथै राज्यले महिलालाई शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका अवसर प्रदान गर्नुपर्छ भन्नुभयो । 

नेपालको संविधान धारा ८४ (प्रतिनिधि सभाको गठन) मा समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक दलले उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला सदस्यलाई पनि समावेश गर्नुपर्ने व्यवस्था गरेको छ । 

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव लीलादेवी गड्तौलाले महिला हिंसा अन्त्य गर्न भएका ऐन/कानूनको प्रधावकारी कार्यान्वयनसँगै सचेतना फैलाउनुपर्ने धारणा राख्नुभयो । 

आयोगका काव अध्यक्ष भगवती घिमिरेले नयाँ संविधानमा व्यवस्था गरिएको महिलाको अधिकार प्राप्तिका लागि एकीकृत रूपमा सकारात्मक दबाब दिनुपर्ने बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता