भदौ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप "/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्रबाट पार्टी विभाजन: थापा

२०७४, १२ भाद्र सोमबार १२:२४

भदौ १२, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ‘नेपाललाई हिन्दू राष्ट्र बन्न नदिने षड्यन्त्र’बाट विभिन्न शक्तिले आफ्नो दललाई विभाजन गरेको आरोप लगाउनुभएको छ । 

पार्टीले आयोजना गरेको काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेलामा अध्यक्ष थापाले तत्कालीन राप्रपा नेपाल तथा राप्रपाबीच भएको एकीकरणपछि मुलुकमा बलियो राष्ट्रवादी शक्ति निर्माण हुन लागेकामा त्यसलाई अवरोध गर्ने उद्देश्यबाट पार्टीका केही नेतालाई साथ लिएर विभाजन गराइएको विचार व्यक्त गर्नुभयो । 

नेपालमा आफ्नो अनुकूल गठबन्धन बनाएर विभिन्न प्रभावमा राख्न चाहने शक्ति अहिले सक्रिय रहेको बताउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजनका लागि केन्द्रीय सदस्य तथा संसदीय दलको न्यूनतम ४० प्रतिशत आवश्यक हुन्छ तर आफ्नो दलमा त्यो नियम लागू हुन सकेन ।” 

अध्यक्ष थापाले ‘निर्वाचन आयोगले दल विभाजनका लागि गरेको निर्णय त्रुटिपूर्ण रहेकाले न्याय प्राप्त गर्न आफूहरुले अदालतमा रिट दर्ता गराएको प्रष्ट पार्नुभयो । उहाँले ‘प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा विनाप्रसंग संविधान संशोधनको विषयमा अभिव्यक्ति दिएकाले’ मुलुकको स्वाभिमानमा धक्का लागेको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने