भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल ह"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल ह"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संगठन भद्रगोल भएपछी अध्यक्ष प्रचण्डको यस्तो निर्णय

१३ भाद्र २०७४, मंगलवार ०४:०३

भदौ १३, विराटनगर । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्रको संगठन भद्रगोल भएको भन्दै माथिबाटै घटुवाको प्रारम्भ सुरु गरेको बताएका छन् । पार्टीको संगठन भद्रगोल हुँदा पार्टीले ठूलो क्षेती व्यहोर्नु परेको उनको निष्कर्ष छ । प्रदेश नम्बर १ को पार्टी प्रशिक्षणमा बोल्दै अध्यक्ष प्रचण्डले अब पार्टी संगठन चुस्त बन्ने दावी समेत गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विचार, राजनीति र नेतृत्वमा जितेपनि संगठन र चुनावी परिणाममा जित्न नसकेको जिकिर गरे । उनले स्थानीय तहमा माओवादी कम्जोर हुनुमा मुख्य कारण भद्रगोल संगठन भएको बताए । उनले भने 'अब हामीले माथिबाटै घटुवाको प्रारम्भ गरेका छौं । हिजो मात्रै केन्द्रीय कार्यालयलाई भङ्ग गरेर सचिवालयलाई कार्यकारी बनाएका छौं, अब चुस्त संगठन बनाएर अघि बढ्छौं ।'

माओवादीकै कारण देशको एकता र समृद्धि सम्भव भएको प्रचण्डले बताए । उनले पार्टी छाडेर अलग भएकाहरुलाई जनताले नरुचाएको भन्दै पार्टी छाड्नेहरुको भविष्य समाप्त हुने ठोकुवा गरे । उनले जनताले दिएको आदेशको अबज्ञा नगर्न भन्दै अलग धारमा लागेकाहरु अब केन्द्रमै फर्कन आग्रह गरे  । 

प्रचण्डले पछिल्लो १० महिना माओवादीको लागि निकै फलदायी रहेको समेत बताएका छन् । उनले भने – 'हामीले देशलाई एकतावद्ध गर्यौं, हिमाल, पहाड र मधेशलाई मिलायौं । छिमेकीसँग सन्तुलित सम्बन्ध बनायौं, संविधान कार्यान्वयन गर्यौं, स्थानीय तह बनायौं, चुनाव गर्यौं । आर्थिक समृद्धि गुणात्मक स्थानमा पुग्यो, मूल्यवृद्धि रोकियो, लोडसेडिङ हट्यो, विकास आयोजनाहरुले गति लिए, यो सामान्य कुरा हुँदै होइन ।’ ११ वर्षपछि मधेशमा जागरण आएको बताएका प्रचण्डले मधेसमा माओवादी प्रवेस गर्ने र माओवादीको समर्थनमा लहर सृजना भएको दावी गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता