८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘माओवादी केन्द्र दुई नम्बर प्रदेशमा पहिलो पार्टी बन्ने’

१३ भाद्र २०७४, मंगलवार ०६:३३

भदौ १३, लहान | नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेश्रो चरणअन्तर्गत दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गर्नुभएको छ । 

विराटनगरबाट सर्लाहीतर्फ जाने क्रममा आज बिहान सप्तरीको खडक नगरपालिकास्थित विसनपुरमा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा उहाँले अन्य प्रदेशमा आफ्नो पार्टी तेश्रो स्थानमा खुम्चिए पनि दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा पहिलो बन्ने दाबी गर्नुभएको हो । 

अध्यक्ष दाहालले “अहिले हामी सम्पूर्ण ध्यान असोज २ गते हुने २ नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा केन्द्रीत गरेका छौ र यहाँका जनताले पनि असाध्यै माया गर्ने भएकाले यो प्रदेशमा हामी पहिलो पार्टी बन्ने छौं भन्नुभयो ।” 

हामीले प्रदेश नम्बर २ मा १ नम्बर पार्टी बन्न बल गर्दैछौं, उहाँले भन्नुभयो– “तपाईहरुले पनि बल गर्नुभयो भन्ने हामीलाई १ नम्बर बन्नबाट कसैले रोक्न सक्दैन् ।” 

अध्यक्ष दाहालले माओवादी केन्द्रका कारण देशको एकता र समृद्धि सम्भव भएको उल्लेख गर्दै माओवादीले विगार्न र भत्काउन मात्र सिपालु छ भन्नेलाई आफ्नो नेतृत्वको अघिल्लो सरकारले १० महिनामा त्यो भ्रमलाई पूरै गलत सावित गर्न सफल भएको बताउनुभयो । 

मधेसमा माओवादी केन्द्रप्रति लहर आएको बताउँदै उहाँले देशलाई एकताबद्ध गर्ने पार्टी माओवादी केन्द्र नै हो भन्ने कुरा स्थापित भएको बिचार व्यक्त गर्नुभयो । 

सो अवसरमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र रामहादुर थापा लगायतको पनि सहभागिता थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता