भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीको निर्वाचन केही बेरमा, उम्मेदवारले १०/१० मिनेट बोल्न पाउने

२०७४, १३ भाद्र मंगलवार ०७:१७

भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । 

पार्टीका प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिनुभयो । 

माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य र निर्वाचन परिचालन समितिका संयोजक रमेश मल्ललाई जिम्मा दिएको छ । 

प्रवक्ता भुसालले विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

क्रान्तिकारीको आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । सहमतिका आधारमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिका संयोजक मल्लले बताउनुभयो । 

अध्यक्षमा रञ्जित तामाङ, मदन अर्याल र अनिल शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । सबै उम्मेदवारलाई बन्दशत्रमा १०/१० मिनेट बोल्न दिएर मत माग्ने व्यवस्था गरिएको छ । पर्चा, पम्प्लेटबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ । उम्मेदवारको नामावली प्रकाशन गर्ने र निर्वाचन प्रक्रिया शुरु गर्ने तयारीमा निर्वाचन समिति लागेको छ । 

संयोजक मल्लले केहीबेरपछि निर्वाचन शुरु हुने जानकारी दिनुभयो । यसअघि सहमतिमा नै नेतृत्व चयन हुँदै आएको क्रान्तिकारीमा यसपटक भने निर्वाचन हुन लागेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने