भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अखिल क्रान्तिकारीको निर्वाचन केही बेरमा, उम्मेदवारले १०/१० मिनेट बोल्न पाउने

१३ भाद्र २०७४, मंगलवार ०७:१७

भदौ १३, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले मर्यादित तवरले आन्तरिक प्रतिस्पर्धा गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का नेता तथा कार्यकर्तालाई आग्रह गरेको छ । 

पार्टीका प्रवक्ता पम्फा भुसालले आन्तरिक प्रतिस्पर्धाबाट नेतृत्व चयनको विषयलाई अनावश्यकरुपमा नतन्काउन र अमूक नेता तथा समूहको नाम लिएर प्रचारप्रसार नगराउनसमेत आग्रह गरिएको जानकारी दिनुभयो । 

माओवादी केन्द्रको सचिवालयले क्रान्तिकारी विद्यार्थीलाई स्वच्छ, मर्यादित भएर प्रतिस्पर्धा गर्न इन्चार्ज हितमान शाक्य र निर्वाचन परिचालन समितिका संयोजक रमेश मल्ललाई जिम्मा दिएको छ । 

प्रवक्ता भुसालले विद्यार्थीको नेतृत्व चयनमा कोही पनि पार्टीको आधिकारिक र अनाधिकारिक नरहेको र सबै विद्यार्थी नेता तथा कार्यकर्ता पार्टीका लागि समान रहेको विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । 

क्रान्तिकारीको आजदेखि निर्वाचन प्रक्रिया शुरु भएको छ । सहमतिका आधारमा नेतृत्व चयन प्रक्रिया अगाडि बढ्न नसकेपछि निर्वाचन प्रक्रिया अगाडि बढाइएको निर्वाचन समितिका संयोजक मल्लले बताउनुभयो । 

अध्यक्षमा रञ्जित तामाङ, मदन अर्याल र अनिल शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिनुभएको छ । सबै उम्मेदवारलाई बन्दशत्रमा १०/१० मिनेट बोल्न दिएर मत माग्ने व्यवस्था गरिएको छ । पर्चा, पम्प्लेटबाट प्रचारप्रसार गर्न रोक लगाइएको छ । उम्मेदवारको नामावली प्रकाशन गर्ने र निर्वाचन प्रक्रिया शुरु गर्ने तयारीमा निर्वाचन समिति लागेको छ । 

संयोजक मल्लले केहीबेरपछि निर्वाचन शुरु हुने जानकारी दिनुभयो । यसअघि सहमतिमा नै नेतृत्व चयन हुँदै आएको क्रान्तिकारीमा यसपटक भने निर्वाचन हुन लागेको हो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता