भदौ १३,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । 

नेपाल शैक्षिक प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । 

नेपाल शैक्षिक प"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तीन तहको निर्वाचनपछि संविधान कार्यान्वयन : सञ्चारमन्त्री बस्नेत

१३ भाद्र २०७४, मंगलवार १०:३६

भदौ १३,काठमाडौँ। सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले संविधान कार्यान्वयनका लागि तीनै तहको निर्वाचन तोकिएको समयमा हुने बताउनुभएको छ । 

नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को २१औँ वार्षिक स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले दुई चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेर तेस्रो चरण हुन थालेको छ भन्दै प्रदेश र सङ्घको निर्वाचनपछि संविधान पूर्णरुपमा कार्यान्वयन आउने बताउनुभयो । उहाँले संविधान गतिशील भएकाले आवश्यकअनुसार संशोधन हुनेमा पनि जोड दिनुभयो । 

“संविधानमा केही त्रुटि रहेकाले आवश्यकताअनुसार संशोधन गर्दै जाने हो”, मन्त्री बस्नेतले भन्नुभयो, “संविधान कार्यान्वयन भएपछि मुलुकले आर्थिक समृद्धि हासिल गर्ने छ ।” शिक्षा व्यापारमुखी नभई सेवामुखी हुनुपर्नेमा जोड दिँदै उहाँले शिक्षामा आयात र व्यापारमा निर्यात गर्नुपर्छ भन्नुभयो । 

मन्त्री बस्नेतले विदेशिएका विद्यार्थी नेपाल फर्काउन सके नेपालको भविष्य सुन्दर हुने सुझाव दिनुभयो । 

नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याय, नेपाल चेम्बर अफ कमर्शका उपाध्याक्ष ज्ञानेन्द्ररत्न तुलाधार, नेपाल अभिभावक सङ्घका अध्यक्ष केशव पुरी, इक्यानका अध्यक्ष प्रकाश पाण्डेले विदेशमा अध्ययन गरेका नेपाली जनशक्तिलाई नेपालमै आएर काम काम गर्ने वातावराण तयार पार्नुपर्ने धारणा व्यक्त गर्नुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता