भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिंहदरवारको अधिकार हैन भ्रष्टाचार गाउँमा आयो: शितल

२०७४, १३ भाद्र मंगलवार ११:३९


भदौ १३, सल्यान । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य बल बहादुर वली शितलले सिंहदरवारको अधिकार गाउँमा नपुगेर सिंहदरवारको भ्रष्टाचार गाउँमा पुगेको बताएका छन । 

सिंहदरवारको अत्याचारले स्थानिय स्तरमा जनतालाई दमन गर्नेगरि गाउँ पुगेकाले जनता सचेत बन्नुपर्ने उनले बताएका हुन । पार्टीको विचारधारात्मक राजनीतिक तथा प्रशिक्षणलाई सम्बोधनका लागि सल्यान आएका नेता शितलले अहिले गाउमा कर बढाएर चुनाव जितेकाहरूले चुनावि खर्च उठाईरहेको आरोप लगाएका छन । 

सिंहदरवारले गाउका गरिव किसानलाई झनै दुःख दिएको भन्दै उनले यतिबेला देशमा दलालिकरणले तिव्रता पाएको बताएका छन । स्थानिय तहको चुनावलाई कथितको संज्ञा दिदै उनले चुनावसंगै दलालिकरण बढेको बताएका हुन । 

अहिलेको सरकार पनि दलाल सरकार भएको भन्दै उनले प्रचण्ड र देउवा नाममा छुट्टाछुट्टै पार्टीका नेता भएपनि काग्रेश र माकेमा विचारमा कुनै फरक नभएको बताएका छन । 


जनता, कार्यकर्ता र देशलाई भन्दा पहिला सत्तावाला नेताहरूले छोराबुहारी, छोरीज्वाइँ, भान्जाभान्जीलाई केन्द्रमा राखेर काम गरिरहेका र तिनलाई जिताउन पार्टीको विचार कार्यदिशा सबै त्यागेको नेता शितलले बताएका छन । 

देशमा नागरिकको सुरक्षा नपाएकाले क्रान्तिप्रति ध्रुविकरण बढेको भन्दै उनले सरकारले दमनको रवैया देखिएकाले क्रान्तिको जन्म भएको बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका जिल्ला ईन्चार्ज डिल्लीराज शर्मा विश्वले जनता प्रति पार्टीको विश्वास बढेकोले जनतामा जान कार्यकर्तालाई निर्देशन दिएका थिए । 

हिजो क्रान्तिकारी भनिनेहरू अहिले प्रतिक्रियावादी शक्तिमा पुगेको र केहिछिनको सत्ता मोहका लागि लाखौ खर्च गरेर लागेको बताएका छन । कार्यक्रमलाई युवा संगठनका नेता तिलक पुन, विद्यार्थी नेता नरेन्द्र विकले सम्बोधन गरेका थिए । 

जिल्ला सेक्रेटेरी लोकपाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन भद्र डि.सी. टाईगरले गरेका थिए । कार्यक्रममा सहभागिलाई गणेशमान सिंहले स्वागत गरेका थिए भने सामना परिवारकी देवी बस्नेतले विभिन्न जनवादी गीत प्रस्तुत गरेकि थिईन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने