भदौ १४,काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । 

थाइल्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १४,काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । 

थाइल्य"/>

२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिंसात्मक राजनीतिक गतिविधि त्याग्न राजपालाई ओलीको आग्रह

२०७४, १४ भाद्र बुधबार १०:५०

भदौ १४,काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टीलाई तोडफोड, अवरोध र हिंसाको राजनीति त्याग्न आग्रह गर्नुभएको छ । 

थाइल्याण्डको बैककबाट उपचार गराई स्वदेश फर्कने क्रममा आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गदै उहाँले भन्नुभयो– “राजनीति पार्टीको रुपमा रहेका राजपाले राजनीतिक अभ्यास गर्नुपर्दछ ।” 

“अवरोध, तोडफोड र हिंसाको राजनीति त्याग्नुहोस्, त्यो सम्य समाजलाई ग्राह्य हुँदैन, समाजलाई अस्वीकृत गर्ने व्यवहार प्रकट नगर्नुहास्,” अध्यक्ष ओलीले भन्नुभयो । 

उहाँले राजपाले गरिरहेको व्यवहारबारे सरकार र निर्वाचन आयोगको चुप लाग्नु अनौठो भएको बताउँदै ‘‘राजपाले अर्काको पार्टीले गरेको कार्यक्रम बिथोल्ने गरेको छ, यो क्रियाकलाप निर्वाचन आचारसंिहताभित्र पर्दछ कि पदैन’’ भनी प्रश्न गर्नुभयो । 

अध्यक्ष ओलीले भन्नुभयो–‘‘आयोगले राजपालाई यसो गर्नुहोस् भनेर पनि भनेको पाइदैन, केही भन्न नसक्ने कारण के हो ? ’’ 

राजपाले निषेधको राजनीति गरिरहेको बताउँदै उहाँले एमाले पनि राजपा जस्तै ओर्लिने हो भने नराम्रो परिमाण निस्कने चेतावनी दिनुभयो । 

‘‘एमाले जिम्मेवार पार्टी हो, कुनै आवेश, उत्तेजनामा आउने पार्टी होइन’’ उहाँले भन्नुभयो –‘‘डरपोक भएर भाग्दैन पनि, एमालेलाई प्रतिवादको बाटो समाउन नपरोस् ।’’ 

अध्यक्ष ओलीले मंसिर ४ गते तोकिएको संघ र प्रदेशको निर्वाचन एकाएक मंसिर १० र २१ गते दुई चरणमा पु¥याउने सरकारको निर्णय उपयुक्त नभएको उल्लेख गर्दै निर्वाचन आयोग र सत्तापक्ष गठबन्धनले गर्ने निर्वाचनमाथि विगतमा गरिएको स्थानीय तहको निर्वाचन हेरेर निष्पक्षताको प्रश्न उठेको गुणासो गर्नुभयो । 

उहाँले आफ्नो स्वास्थ्यस्थिति राम्रै भएको प्रतिक्रिया पनि दिनुभयो । 

ओलीसंगै जानुभएका उहाँका धर्मपत्नी राधिका शाक्यसमेत स्वदेश फर्कनु भएको छ । उहाँलाई स्वागत गर्न कार्यवाहक अध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतका नेताले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्नुभएको थियो । 

अध्यक्ष ओली यही शुक्रबार नियमित उपचारका क्रममा थाइल्याण्डको बैकक जानुभएको थियो । रासस (फाइल फोटो)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने