२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिता

२०७४, १५ भाद्र बिहीबार ०७:०८

भदौ १५,महोत्तरी। स्थानीय निर्वाचनमा ‘पत्रकार आचारसंहिता मिडिया संवाद’ विषयक कार्यक्रम नेपाल पत्रकार महासंघ महोत्तरीको सभाकक्षमा बुधबार सम्पन्न भयो । 

नेपाल पत्रकार महासंघको संयोजन र प्रेस काउन्सिल नेपाल, काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले उम्मेदवारलाई नियन्त्रण र मतदातालाई सही बाटो देखाउन सञ्चारको मुख्य भूमिका रहेकोे बताउनुभयो । उहाँले सफल, निष्पक्ष र सत्य समाचारले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । 

त्यस्तै, विशिष्ट अतिथि महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीमा निर्वाचन कार्यालय स्थापना भइसकेको र मतदानस्थल र केन्द्रको समेत निरीक्षण द्रुतगतिमा भइरहेको बताउनुभयो । 

उहाँले नयाँ संविधानले संघीयता स्विकारीसकेको बताउँदै मतदातालाई निर्वाचनबारे सकारात्मक सन्देश प्रवाह गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीले पाएकाले महोत्तरीका सञ्चारकर्मीले आचारसंहिताभित्रै रही निष्पक्षरुपमा निर्वाचनको गतिविधिसम्बन्धी समाचार सम्प्रेषण गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

सरकारकै चौथो अंगको मान्यता पाएको सञ्चारको भूमिका महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । कार्यक्रमबारे प्रकाश पार्दै अतिथि तथा प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले उक्त कार्यक्रमले पत्रकारले के के गर्न हुने र के गर्न नहुने विषयमा अन्तरक्रिया गरिने र यसले वर्तमान निर्वाचनको समयमा सञ्चार माध्यममा आउने समाचार आचारसंहिताभित्र नै हुने आशा व्यक्त गर्नुभयो । 

अतिथि भण्डारीले पत्रकारका लागि तयार पारिएको आचारसंहिता गायत्रीमन्त्रजस्तै बुझी त्यसको परिधिभित्रै रही समाचार सम्प्रेषण गर्न पत्रकारलाई सुझाउनुभयो । उहाँले कुनै पार्टीको एकलौटी रुपमा प्रशंसा वा विरोधभन्दा पनि पत्रकार सबैको भएकाले सत्यतथ्य र प्रमाणको आधारमा मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । 

प्रेस काउन्सिलका अर्का सदस्य नवलकिशोर यादवले मिडिया तटस्थ र संयमित भएर आचारसंहिताको अक्षरशः पालन गरेर समाचार सम्प्रेषित गरे त्यसले सकारात्मक सन्देश जाने बताउनुभयो । 

ब्रेकिंग न्यूज दिने नाममा गलत सूचना प्रवाह हुँदा त्यसले नकारात्मक असर वा द्वन्द्व नै फैलाउन सक्ने हुनाले पूर्ण प्रमाण र तथ्यको आधारमा मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने संगीता खड्काले बताउनुभयो । 

मिडिया संवाद कार्यक्रमका अतिथि जिल्ला सरकारी वकिल कार्यालयबाट सहन्यायाधिवक्ता सुदीपकुमार दंगल, प्रहरी उपरीक्षक कुवेर कडायत, सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेत, अनुसन्धान कार्यालयका सहअनुसन्धान अधिकृत प्रहरी उपरीक्षक दीपक खड्का कार्यक्रममा सहभागी रहनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने