२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिता

१५ भाद्र २०७४, बिहीबार ०७:०८

भदौ १५,महोत्तरी। स्थानीय निर्वाचनमा ‘पत्रकार आचारसंहिता मिडिया संवाद’ विषयक कार्यक्रम नेपाल पत्रकार महासंघ महोत्तरीको सभाकक्षमा बुधबार सम्पन्न भयो । 

नेपाल पत्रकार महासंघको संयोजन र प्रेस काउन्सिल नेपाल, काठमाडौँको आयोजनामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलले उम्मेदवारलाई नियन्त्रण र मतदातालाई सही बाटो देखाउन सञ्चारको मुख्य भूमिका रहेकोे बताउनुभयो । उहाँले सफल, निष्पक्ष र सत्य समाचारले समाजमा सकारात्मक प्रभाव पार्ने बताउनुभयो । 

त्यस्तै, विशिष्ट अतिथि महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीमा निर्वाचन कार्यालय स्थापना भइसकेको र मतदानस्थल र केन्द्रको समेत निरीक्षण द्रुतगतिमा भइरहेको बताउनुभयो । 

उहाँले नयाँ संविधानले संघीयता स्विकारीसकेको बताउँदै मतदातालाई निर्वाचनबारे सकारात्मक सन्देश प्रवाह गर्ने मुख्य जिम्मेवारी सञ्चारकर्मीले पाएकाले महोत्तरीका सञ्चारकर्मीले आचारसंहिताभित्रै रही निष्पक्षरुपमा निर्वाचनको गतिविधिसम्बन्धी समाचार सम्प्रेषण गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो । 

सरकारकै चौथो अंगको मान्यता पाएको सञ्चारको भूमिका महत्वपूर्ण रहेको समेत उहाँले बताउनुभयो । कार्यक्रमबारे प्रकाश पार्दै अतिथि तथा प्रेस काउन्सिलका सदस्य खिलबहादुर भण्डारीले उक्त कार्यक्रमले पत्रकारले के के गर्न हुने र के गर्न नहुने विषयमा अन्तरक्रिया गरिने र यसले वर्तमान निर्वाचनको समयमा सञ्चार माध्यममा आउने समाचार आचारसंहिताभित्र नै हुने आशा व्यक्त गर्नुभयो । 

अतिथि भण्डारीले पत्रकारका लागि तयार पारिएको आचारसंहिता गायत्रीमन्त्रजस्तै बुझी त्यसको परिधिभित्रै रही समाचार सम्प्रेषण गर्न पत्रकारलाई सुझाउनुभयो । उहाँले कुनै पार्टीको एकलौटी रुपमा प्रशंसा वा विरोधभन्दा पनि पत्रकार सबैको भएकाले सत्यतथ्य र प्रमाणको आधारमा मात्र समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । 

प्रेस काउन्सिलका अर्का सदस्य नवलकिशोर यादवले मिडिया तटस्थ र संयमित भएर आचारसंहिताको अक्षरशः पालन गरेर समाचार सम्प्रेषित गरे त्यसले सकारात्मक सन्देश जाने बताउनुभयो । 

ब्रेकिंग न्यूज दिने नाममा गलत सूचना प्रवाह हुँदा त्यसले नकारात्मक असर वा द्वन्द्व नै फैलाउन सक्ने हुनाले पूर्ण प्रमाण र तथ्यको आधारमा मात्रै समाचार सम्प्रेषण गर्नुपर्ने संगीता खड्काले बताउनुभयो । 

मिडिया संवाद कार्यक्रमका अतिथि जिल्ला सरकारी वकिल कार्यालयबाट सहन्यायाधिवक्ता सुदीपकुमार दंगल, प्रहरी उपरीक्षक कुवेर कडायत, सशस्त्र प्रहरी उपरीक्षक मुरारी बस्नेत, अनुसन्धान कार्यालयका सहअनुसन्धान अधिकृत प्रहरी उपरीक्षक दीपक खड्का कार्यक्रममा सहभागी रहनुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य