८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

काँग्रेसले प्रदेश नं २ मा सबै उम्मेदवारको टुंगो लगायो

१५ भाद्र २०७४, बिहीबार १२:१४

काठमाडौँ, १५ भदौ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको तेस्रो चरणको निर्वाचनका लागि पार्टीका तर्फबाट सबै उम्मेदवारको टुंगो लगाएको छ । 

प्रदेश नं २ का सबै (१३६) तहमा पार्टीको उम्मेदवार टुंगो लगाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

सबै तहमा उम्मेदवारको टुंगो लगाइए पनि आज प्रधानमन्त्री एवं पार्टी सभापति राजधानी बाहिर हुनुभएकाले भोलिमात्रै सबै नाम सार्वजनिक गरिने भएको छ । 

निर्वाचनको तयारीका लागि पार्टीले आठ जिल्लाका सबै तहमा प्रचारसमिति गठन गर्र्नुका साथै सबै जिल्लामा सञ्चार केन्द्र स्थापना गरी प्रचार प्रचारलाई तीव्रता दिएइको, जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने र निर्वाचनमा सबै भातृ एवं शुभेच्छुक संस्थालाई परिचालन गरिएको पार्टी कार्यालयले जनाएको छ । 

निर्वाचन आचारसंहिताका कारण पार्टीले प्रचारका लागि ठूला आमसभाभन्दा पनि घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा गत वैशाख ३१ गते भएको थियो भने दोस्रोचरणको निर्वाचन प्रदेश नं १, ५ र ७ मा भएको थियो । 

निर्वाचन आयोगले आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनका लागि तीन हजार ५७८ मतदान केन्द्र निर्धारण गरेको छ । प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा हुने उक्त निर्वाचनका लागि दुई हजार १६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगले जनाएको छ । 

तेस्रोचरणको निर्वाचनमा २६ लाख ६४ हजार ९५० मतदाताका लागि स्वयंसेवकसहित ३१ हजार भन्दा बढी कर्मचारी खटिने आयोगले जनाएको छ । 

प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका छन् । आगामी स्थानीय तहको निर्वाचनबाट प्रमुख एवं अध्यक्ष १३६, उपप्रमुख एवं उपाध्यक्ष १३६, वडाध्यक्ष एक हजार २७१ तथा पाँच हजार ८४ वडा सदस्यसहित कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता