८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले १४ स्थानीय तहको उम्मेदवार टुंग्यायो

१७ भाद्र २०७४, शनिबार ०३:२८

भदौ १७, गौशाला । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीका १४ स्थानीय तहमा नेकपा एमालेले आसन्न स्थानीय तह निर्वाचन तेस्रो चरणको निर्वाचनका लागि प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षको नाम टुंगो लगाएको छ । 

एमालेका जिल्ला अध्यक्ष जामुन मण्डलका अनुसार सदरमुकाम जलेश्वर नगरपालिकामा माधव मण्डल प्रमुख र रागिनी चौधरी उपप्रमुख, बर्दिबास नगरपालिकामा सुरेश राउत प्रमुख र कमला बाइवा उपप्रमुख तथा गौशाला नगरपालिकामा पद्मप्रसाद उपाध्याय प्रमुख र शान्तिदेवी सिंह दनुवार उपप्रमुखका उम्मेदवार हुनेछन् । 

त्यस्तै भंगहा नगरपालिकामा अरुणकुमार सिंह थारु प्रमुख र अनितादेवी यादव उपप्रमुख, औरही नगरपालिकामा मोहन महतो प्रमुख र सुमित्रा यादव उपप्रमुख, मनरा नगरपालिकामा राजकिशोर साह प्रमुख र चन्दु मण्डल उपप्रमुख तथा रामगोपालपुर नगरपालिकामा रामदुलार साह प्रमुख र रञ्जु पटेल उपप्रमुखका उम्मेदवार रहनेछन् । 

मटिहानी नगरपालिकामा मुजिम राइन प्रमुख र गुलावदेवी मण्डल उपप्रमुख, लोहारपट्टि नगरपालिकामा बदरुल हक कवारी प्रमुख र शोभा झा उपप्रमुख तथा बलवा नगरपालिकामा मन्सुल कबारी प्रमुख र लालोदेवी मण्डल उपप्रमुखका उम्मेदवार रहने टुंगो लागेको छ । 

पार्टीले गाउँपालिकातर्फ पिपरा अध्यक्षमा विक्रम चौधरी र उपाध्यक्षमा राधादेवी साह, सोनमा अध्यक्षमा रामदुलार यादव र उपाध्यक्षमा राधादेवी यादव, महोत्तरी अध्यक्षमा जीतेन्द्र पासवान र उपाध्यक्षमा गुलशन खातुन तथा सम्सी अध्यक्षमा मीनाक्षीकुमारी साह र उपाध्यक्षमा शेष इद्रिशलाई उम्मेदवार बनाउने छ । 

बाँकी रहेको एक मात्र एकडारा गाउँपालिका अध्यक्षमा सो पार्टीले अहिलेसम्म उम्मेदवार टुंगो लगाउन नसके पनि उपाध्यक्षमा ममतादेवी मण्डलको नाम सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता