नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

२ नं प्रदेशको निर्वाचनमा एमाले पहिलो हुन्छ: ज्ञवाली

१७ भाद्र २०७४, शनिबार ०४:४०

नन्दराम जैशी/भदौ १७, जुम्ला । नेकपा एमालेका केन्द्रीय उपाअध्यक्ष तथा प्रदेश नं ६ का संयोजक युवराज ज्ञवालीले २ नं प्रदेशको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुने दावि गर्नुभएको छ । 

पहिलो र द्रोसो चरणको स्थानिय तह निर्वाचनमा एमाले पहिलो हुन सफल भएको भन्दै २ नं प्रदेशका जनता पनि एमालेको पक्ष रहेको उहाँको भनाइ छ । जनता आफ्नो पक्षमा नभएपछि अन्य दलहरु डराएर एमालेका चुनाबि कार्यक्रम भाड्न आयोजनामा रहेको र एमालेलाइ मधेष बिरोधिको आरोप लगाउने गरेको उहाँले तर्क गर्नुभयो । 

संगठन सुदृढीकरण अभियानको क्रममा जुम्ला पुग्नु भएका एमाले केन्द्रीय उपाअध्यक्ष ज्ञवालिले यस्तो बताउनुभएको हो । उहाले भन्नुभयो, स्थानिय चुनाबमा मधेषि जनताबाट हामिले राम्रो साथ पाएका छौ, र एमाले पनि मधेषि जनताको हक हितको पक्षमा उभिएको छ । निर्वाचनमा सबै क्षेत्रबाट सफलता प्राप्त गर्नुनै एमाले जनताको पक्षमा र जनता एमालेको पक्षमा रहेको देखिन्छ । 

उहाँका अनुसार प्रदेश नं ६ का १० जिल्लामा जिल्ला कमिटिको बैठक बस्ने, कार्यकर्ता भेला गर्ने, जिल्ला कमिटिको योजना बनाउने र संगठन विस्तार तथा सुदृढीकरण गर्ने अभियान एमालेले अघि बढाएको छ ।       

उहाँले भन्नुभयो, एमाले असंलग्न परराष्ट निति अनुसार अघि बढेको छ । कुनै मुलुको पक्ष र कुनैको विपक्षमा लागेको छैन । छिमेकि देशले सुझाब, सल्लाह भनेर दिएको निर्देशन एमाले पालना गर्दैन एमाले जनताको हितहुने निर्णयमा मात्र लाग्ने ज्ञवालिको भनाइ छ ।   

प्रधानमन्त्री देउवाले भारत भ्रमणको क्रममा एमालेको कारण संविधान संसोधन कार्य असफल भएको हो । भन्ने भनाइ प्रति उहाँले आपत्ति जनाउनुभयो । प्रधानमनत्री वा कुनै नेता विदेश भ्रमणको बेला गलत बोल्न नहुने तर्क गर्दै एमाले भारत विरोधि र चिन पक्ष नभइ दुबै देशको पारस्परीक लाभ, सम्मान र आपसी समानताको आधारमा ब्यवहार गर्दै जाने बताउनुभयो ।         

 एमाले सार्बभौम सत्ता र राष्टिय अखण्डतालाइ ध्यानमा राखेर अधि बढ्दै दुबै छिमेकि मुलुकसँग मित्रताको ब्यवहार गर्ने उपाअध्यक्ष ज्ञवालिको भनाइ छ । भारत र चिनसँग नेपालको सिमना जोडिएकोले कुनैबेला सिमा नदि लगाएतका प्राकृतिक स्रोतका बिषयमा विभेद भएमा बिषयगगत आधारमा एमाले निष्कर्ष निकाल्नने उहाको तर्क छ । 

भारतले अहिले सडक विस्ताको निहुमा बाँध बनाएर नेपाललाइ डुवानमा पार्ने कार्य गरेको अवगत गराउदँै अन्तराष्टिय कानुनको उल्लंघन गरेको उहाँको भनाइ छ ।     

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता