भदौ १७, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । 

बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । 

बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँ"/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्वाचनमा सुरक्षा चुनौती छैन: गृहमन्त्री शर्मा

१७ भाद्र २०७४, शनिबार ०६:१२

भदौ १७, सिमरा । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनमा सुरक्षा चुनौति नरहेको बताएका छन् । 

बाराको सिमरा विमानस्थलमा शनिबार बिहान पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले सीमा क्षेत्रमा नेपाल–भारत दुबै देशका सुरक्षा संयन्त्रहरुबीच नियमित सम्पर्क र समन्वयमार्फत् काम भइरहेको जानकारी दिए । ‘सीमा क्षेत्रमा रहेका दुबै देशका संयन्त्रहरुबीच नियमित बैठक भइरहेको छ । चुनावमा सुरक्षा चुनौती छैन,’ गृहमन्त्री शर्माले भने । 

माओवादी केन्द्रका नेता समेत रहेका मन्त्री शर्माले दुई नम्बर प्रदेश हुन लागेको स्थानीय चुनावका लागि जित्ने उम्मेदवारलाई पार्टीले टिकट दिने बताए । टिकट वितरणमा भेदभाव हुने गरेकोबारे पत्रकारको जिज्ञासाको जवाफ दिँदै मन्त्री शर्माले भने, ‘राम्रो परिणाम जसले ल्याउँछ उसैले टिकट पाउँछ । पार्टीमा नजिक–टाढा कोही छैन ।’

माओवादी केन्द्र परिवर्तनकारी शक्ति हो भनेर सबैले बुझेको भन्दै उनले आगामी चुनावको परिणाम पनि त्यसैअनुसार आउने अपेक्षा गरे । विपद व्यवस्थापन सम्बन्धी विधेयकलाई अन्तिम रुप दिने काम भइरहेको भन्दै मन्त्री शर्माले छिट्टै संसदमा पेश गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता