भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ ।&nb"/>
२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी शीर्ष नेतृत्व मधेशमा, चुनावी माहोल ह्वात्तै बढ्यो

२०७४, १७ भाद्र शनिबार ०९:५४

भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । 

प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेता विगत एक सातादेखि तराई मधेशका विभिन्न जिल्लामा चुनावी गतिविधिमा सहभागी हुनुभएको छ । 

अध्यक्ष दाहालका साथसाथै पार्टीका वरिष्ठ नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, विश्वनाथ शाह, प्रभु साह, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा, श्रवणकुमार यादव, चक्रपाणि खनाल, उर्मिला अर्याललगायतका नेताहरु चुनावी अभियानलाई प्रभावकारी बनाउन र पार्टीको पक्षमा जित निकाल्न क्रियाशील रहनुभएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । 

यस्तै पार्टीका वरिष्ठ नेता अमिक शेरचन, लिलामणि पोखरेल, दिनानाथ शर्मा, जयपुरी घर्तीलगायतका नेताहरु पनि चुनावी गतिविधिमा सहभागी हुनुभएको छ । 

प्रदेश नं २ को कुल १३६ स्थानमा निर्वाचन हुन लागेको छ । माओवादीको केन्द्रीय नेतृत्व नै तराई मधेश दौडाहमा लागेपछि चुनावी माहोलसमेत तातेको छ । धनुषाको जनकपुरधाममा पार्टीको सचिवालय बैठक राखेर शुरु भएको चुनावी अभियान प्रभावकारी रुपमा अगाडि बढेको र माओवादीको पक्षमा चुनावी माहोल देखिएको नेता मातृका यादवले जानकारी दिनुभयो । 

यस्तै नयाँशक्ति परित्याग गरेर केही दिन पहिले मात्रै माओवादीमा समाहित हुनुभएका नेताहरु देवेन्द्र पौडेल, बलावती शर्मा, पासाङ शेर्पा,परशुराम तामाङ र लोकतान्त्रिक फोरम परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएका रामेश्वर राय यादवसमेत माओवादीको पक्षमा चुनावी माहोल बनाउन लागि पर्नुभएको छ । 

दुई नम्बर प्रदेशका इन्चार्जसमेत रहनुभएका यादवका अनुसार माओवादीले आज चुनावी रणनीति तय गर्न वीरगञ्जमा केन्द्रीय सचिवालयको विस्तारित बैठक आयोजना गरेको छ । 

बैठकबाट २ नम्बर प्रदेशको स्थानीय तहको उम्मेदवारसमेत चयन गर्ने तयारी गरिएको प्रवक्ता भुसालको भनाइ छ । माओवादीले नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय जनता पार्टीलगायतका पार्टीसँग चुनावी तालमेल गर्ने रणनीतिसमेत अख्तियार गरेको छ । 

तराई मधेशको चुनावी गतिविधिमा केन्द्रित हुनुभएका अध्यक्ष दाहालले पछिल्लो समयमा माओवादीको पक्षमा उभार आएको र ‘१२ वर्षपछि खोला फर्केको’ जस्तै अनुभूति भएको बताउँदै आउनुभएको छ । 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसकेको माओवादीले प्रदेश नं २ मा भने पहिलो पार्टी बन्ने दृढता प्रस्तुत गरेको छ । 

यस्तै गत साउनको अन्तिम साताको बाढी र पहिरोका कारण आहातमा परेको २ नम्बर प्रदेशमा राहत वितरण तथा पुनःस्थापनाको कामलाई समेत केन्द्रमा राखेर गतिविधि गरिएको सो पार्टीले जनाएको छ । 

पार्टीको जनवर्गीय संगठनसमेत चुनावी वातावरण बनाउन लागिपरेको छ । माओवादीको सहायक संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा चुनावी अभियान, राहत तथा पुनःस्थापनाको कामलाई समेत सँगसँगै अगाडि बढाइएको बताउनुहुन्छ । 

केही दिन पहिले मात्रै लोकतान्त्रिक फोरम परित्याग गर्नुभएका रामेश्वर राय यादवले तराई मधेश र हिमालको भावनालाई माओवादी केन्द्रले मात्रै समेट्न सक्छ भन्ने चेतनाको विकास प्रदेश नं २ मा देखिएको बताउनुहुन्छ । आफूले मुलुक र जनतालाई केन्द्रमा राखेर नै माओवादीमा प्रवेश गरेको जानकारी दिँदै उहाँले सो प्रदेशमा माओवादी एक नम्बरको पार्टी हुने विश्वास व्यक्त गर्नुभयो । 

वीरगन्जमा आजदेखि शुरु हुने केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको समग्र पक्षका बारेमा समीक्षा गर्ने, उम्मेदवारी चयन गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारीका बारेमा समेत महत्वपूर्ण छलफल हुने कार्यसूची छ । 

मुलुकको जीवनरेखा नै मानिएको तराई मधेशलाई आफ्नो पोल्टामा पार्न प्रमुख राजनीतिक दल क्रियाशील भएर लागेको सन्दर्भमा माओवादीको वीरगञ्ज बैठकलाई महत्वका साथ हेरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने