भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ ।&nb"/>
३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माओवादी शीर्ष नेतृत्व मधेशमा, चुनावी माहोल ह्वात्तै बढ्यो

१७ भाद्र २०७४, शनिबार ०९:५४

भदौ १७, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले आगामी असोज २ गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई केन्द्रमा राखेर प्रदेश नं २ मा आफ्नो गतिविधि केन्द्रित गरेको छ । 

प्रवक्ता पम्फा भुसालका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका शीर्ष नेता विगत एक सातादेखि तराई मधेशका विभिन्न जिल्लामा चुनावी गतिविधिमा सहभागी हुनुभएको छ । 

अध्यक्ष दाहालका साथसाथै पार्टीका वरिष्ठ नेताहरु रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, मातृका यादव, देवप्रसाद गुरुङ, हरिबोल गजुरेल, वर्षमान पुन, विश्वनाथ शाह, प्रभु साह, देवेन्द्र पौडेल, रामकुमार शर्मा, रामचन्द्र झा, श्रवणकुमार यादव, चक्रपाणि खनाल, उर्मिला अर्याललगायतका नेताहरु चुनावी अभियानलाई प्रभावकारी बनाउन र पार्टीको पक्षमा जित निकाल्न क्रियाशील रहनुभएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । 

यस्तै पार्टीका वरिष्ठ नेता अमिक शेरचन, लिलामणि पोखरेल, दिनानाथ शर्मा, जयपुरी घर्तीलगायतका नेताहरु पनि चुनावी गतिविधिमा सहभागी हुनुभएको छ । 

प्रदेश नं २ को कुल १३६ स्थानमा निर्वाचन हुन लागेको छ । माओवादीको केन्द्रीय नेतृत्व नै तराई मधेश दौडाहमा लागेपछि चुनावी माहोलसमेत तातेको छ । धनुषाको जनकपुरधाममा पार्टीको सचिवालय बैठक राखेर शुरु भएको चुनावी अभियान प्रभावकारी रुपमा अगाडि बढेको र माओवादीको पक्षमा चुनावी माहोल देखिएको नेता मातृका यादवले जानकारी दिनुभयो । 

यस्तै नयाँशक्ति परित्याग गरेर केही दिन पहिले मात्रै माओवादीमा समाहित हुनुभएका नेताहरु देवेन्द्र पौडेल, बलावती शर्मा, पासाङ शेर्पा,परशुराम तामाङ र लोकतान्त्रिक फोरम परित्याग गरी माओवादीमा प्रवेश गर्नुभएका रामेश्वर राय यादवसमेत माओवादीको पक्षमा चुनावी माहोल बनाउन लागि पर्नुभएको छ । 

दुई नम्बर प्रदेशका इन्चार्जसमेत रहनुभएका यादवका अनुसार माओवादीले आज चुनावी रणनीति तय गर्न वीरगञ्जमा केन्द्रीय सचिवालयको विस्तारित बैठक आयोजना गरेको छ । 

बैठकबाट २ नम्बर प्रदेशको स्थानीय तहको उम्मेदवारसमेत चयन गर्ने तयारी गरिएको प्रवक्ता भुसालको भनाइ छ । माओवादीले नेपाली काँग्रेस, संघीय समाजवादी फोरम, नेपाल, राष्ट्रिय जनता पार्टीलगायतका पार्टीसँग चुनावी तालमेल गर्ने रणनीतिसमेत अख्तियार गरेको छ । 

तराई मधेशको चुनावी गतिविधिमा केन्द्रित हुनुभएका अध्यक्ष दाहालले पछिल्लो समयमा माओवादीको पक्षमा उभार आएको र ‘१२ वर्षपछि खोला फर्केको’ जस्तै अनुभूति भएको बताउँदै आउनुभएको छ । 

स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा अपेक्षित परिणाम निकाल्न नसकेको माओवादीले प्रदेश नं २ मा भने पहिलो पार्टी बन्ने दृढता प्रस्तुत गरेको छ । 

यस्तै गत साउनको अन्तिम साताको बाढी र पहिरोका कारण आहातमा परेको २ नम्बर प्रदेशमा राहत वितरण तथा पुनःस्थापनाको कामलाई समेत केन्द्रमा राखेर गतिविधि गरिएको सो पार्टीले जनाएको छ । 

पार्टीको जनवर्गीय संगठनसमेत चुनावी वातावरण बनाउन लागिपरेको छ । माओवादीको सहायक संगठन वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा चुनावी अभियान, राहत तथा पुनःस्थापनाको कामलाई समेत सँगसँगै अगाडि बढाइएको बताउनुहुन्छ । 

केही दिन पहिले मात्रै लोकतान्त्रिक फोरम परित्याग गर्नुभएका रामेश्वर राय यादवले तराई मधेश र हिमालको भावनालाई माओवादी केन्द्रले मात्रै समेट्न सक्छ भन्ने चेतनाको विकास प्रदेश नं २ मा देखिएको बताउनुहुन्छ । आफूले मुलुक र जनतालाई केन्द्रमा राखेर नै माओवादीमा प्रवेश गरेको जानकारी दिँदै उहाँले सो प्रदेशमा माओवादी एक नम्बरको पार्टी हुने विश्वास व्यक्त गर्नुभयो । 

वीरगन्जमा आजदेखि शुरु हुने केन्द्रीय सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनको समग्र पक्षका बारेमा समीक्षा गर्ने, उम्मेदवारी चयन गर्ने र आगामी संघ र प्रदेशको निर्वाचनको तयारीका बारेमा समेत महत्वपूर्ण छलफल हुने कार्यसूची छ । 

मुलुकको जीवनरेखा नै मानिएको तराई मधेशलाई आफ्नो पोल्टामा पार्न प्रमुख राजनीतिक दल क्रियाशील भएर लागेको सन्दर्भमा माओवादीको वीरगञ्ज बैठकलाई महत्वका साथ हेरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन