भदौ १७, काठमाडौँ । संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् । 

शनिबार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १७, काठमाडौँ । संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् । 

शनिबार "/>

८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजनीति फोहरी खेल होइन, खेलाडी फोहरी: सभापति राठौर

१७ भाद्र २०७४, शनिबार ११:४१


भदौ १७, काठमाडौँ । संसदका सुशासन तथा अनुगमन समितिका सभापति मोहनसिंह राठौरले राजनीतिक फोहरी खेल नभएर राजनीतिकर्मी फोहरी भएको बताएका छन् । 

शनिबार संवाद डबलीमा ‘रसाईली बन्धु एकता समाज’ आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै सभापति राठौरले भने, “राजनीतिक आफैमा फोहरी खेल होइन, राजनीतिककर्मी फोहरी छन् । 

राजनीति विना राज्य र नागरिकको कल्पना गर्न सकिदैन त्यसैले राजनीतिक अनिवार्य छ तर छलछाम र झुटको राजनीति होइन ।” उनले राजनीतिमा असल र योग्य व्यक्तिको खाँचो भएको बताउँदै सेवा, निष्ठा, त्याग नै राजनीतिक अर्थ भएको बताए । 

नयाँ कार्यसमितिलाई धबाई दिँदै सभापति राठौरले जातीय विभेदविरुद्ध लाग्न समाजलाई शुभकामना दिए । कार्यक्रममा सांसद जगदिश्वर नरसिंह केसीले देशमा गणतन्त्र आईसकेका कारण जातकै कारण कसैले हितबोध गर्नु नपर्ने बताए । सबै पार्टीमा आस्था राखेपनि सामाजिक कार्यमा एकजुट भएर लाग्नुपर्ने जोड दिए । 

त्यसैगरी कार्यक्रममा प्रहरी उपरिक्षक डम्बर विश्वकर्मा रसाईली, आरआर क्याम्पसका प्राध्यापक तिलक बहादुर विश्कर्मा रसाईली, चर्चित गायीका जिना रसाईली, पत्रकार टंक पन्तलगायतले समाजलाई रसाईलीहरुको हक अधिकारको लागि दृढतापूर्वक काम गर्न शुभकामना दिएका थिए । 

समाजका अध्यक्ष मणिराम विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचाल वाटर रसाईलीले गरेकी थिइन् । हालै गठन भएको समाजको कार्यसमितिका पदाधिकारी र सदस्यमा निम्न व्यक्तिहरु रहेका छन् । सहअध्य चित्रबहादुर रसाईली, उपाध्यक्ष मनिषा सुनार रसाईली, महासचिव मेखबहादुर रसाईली, कोषाध्यक्ष शेरबहादुर सुनार, सचिव भीमबहादुर बिक रहेका छन् । 

त्यसैगरी अन्य सदस्यहरुमा अमृत सुनार, जीतमाया विश्वकर्मा, तारा कुमारी विश्वकर्मा, भीमबहादुर रसाईली, महेश कुमार रसाईली, कमल बहादुर विश्वकर्मा र सुरेश बिक रसाईली रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता