३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले टुंग्यायो महानगर र दुई उपमहानगरका उम्मेदवार

१८ भाद्र २०७४, आईतवार ०२:०९

भदौ १८, काठमाडौं । एमालेले प्रदेश नं. २ का एक महानगर र दुई उपमहानगरमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा र कलैया उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको हो ।

धनुषा र रौतहटका केही स्थानमा अझै बाँकी 

धनुषा र रौतहटका केही स्थानीय तहमा अझै उम्मेदवार टुंगो लाग्न बाँकी रहेको प्रदेश नं. २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले बताए । धनुषाको केही नगर र गाउँपालिकाको उम्मेदवारबारे आइतबारको स्थायी समितिमा छलफल हुने उनको भनाइ छ । 

नेताहरू शत्रुधन महतो र श्रीप्रसाद साहले एउटा र रघुवीर महासेठले अर्को उम्मेदवारको पक्षमा लविङ गरेका कारण धनुषामा केही विवाद देखिँदै आएको छ । त्यस्तै, रौतहटको चन्द्रपुर र फतुवा विजयपुरमा पनि उम्मेदवार टुंगो लाग्न बाँकी छ । एमालेले सबै टुंगिएपछि मात्रै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला फर्किन ओलीको निर्देशन 

एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले २ असोजको चुनावी प्रचारका लागि जिल्ला फर्किन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालयमा आयोजित भेलामा उनीहरूले सामूहिक निर्देशन दिएका हुन् । सम्पर्क मञ्चमा आबद्ध अनिवार्य रूपमा जिल्ला फर्किएर पार्टीका उम्मेदवारलाई जिताउन सामूहिक निर्देशन दिँदै उनीहरूले कार्यकर्ताको बलमा मात्रै २ नम्बर प्रदेशमा पार्टी पहिलो हुने बताए ।

वीरगन्ज महानगरमा बसरुद्दिन अन्सारी

एमालेले वीरगन्ज महानगरको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उठाउने निर्णय गरेको छ । शनिबारको स्थायी समिति बैठकले उनीहरूको नाम अनुमोदन गरेको हो । त्यस्तै, जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा डा. कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी तथा कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयरमा प्रतिमा यादवलाई उठाउने निर्णय गरेको छ ।

जनकपुर उपमहानगरपालिकाको उम्मेदवार भने आइतबारको बैठकले टुंगो लगाउने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । बाँकी उम्मेदवारको टुंगो र चुनावी रणनीति तय गर्न आइतबार पुनः बैठक बस्ने उनको भनाइ छ । जनकपुर उपमहानगरको मेयरमा दीपेन्द्र यादव तथा लक्ष्मीनारायण भगत र पुनम मिश्रलाई उपमेयरका रूपमा प्रदेश संगठन कमिटीले सिफारिस गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन