२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेले टुंग्यायो महानगर र दुई उपमहानगरका उम्मेदवार

२०७४, १८ भाद्र आईतवार ०२:०९

भदौ १८, काठमाडौं । एमालेले प्रदेश नं. २ का एक महानगर र दुई उपमहानगरमा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको छ । 

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकले वीरगन्ज महानगरपालिका, जितपुर–सिमरा र कलैया उपमहानगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार टुंगो लगाएको हो ।

धनुषा र रौतहटका केही स्थानमा अझै बाँकी 

धनुषा र रौतहटका केही स्थानीय तहमा अझै उम्मेदवार टुंगो लाग्न बाँकी रहेको प्रदेश नं. २ संगठन कमिटीका संयोजक सत्यनारायण मण्डलले बताए । धनुषाको केही नगर र गाउँपालिकाको उम्मेदवारबारे आइतबारको स्थायी समितिमा छलफल हुने उनको भनाइ छ । 

नेताहरू शत्रुधन महतो र श्रीप्रसाद साहले एउटा र रघुवीर महासेठले अर्को उम्मेदवारको पक्षमा लविङ गरेका कारण धनुषामा केही विवाद देखिँदै आएको छ । त्यस्तै, रौतहटको चन्द्रपुर र फतुवा विजयपुरमा पनि उम्मेदवार टुंगो लाग्न बाँकी छ । एमालेले सबै टुंगिएपछि मात्रै उम्मेदवारको सूची सार्वजनिक गर्ने तयारी गरेको छ ।

जिल्ला फर्किन ओलीको निर्देशन 

एमाले अध्यक्ष केपी ओली, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेलले २ असोजको चुनावी प्रचारका लागि जिल्ला फर्किन नेता–कार्यकर्तालाई निर्देशन दिएका छन् । पार्टी कार्यालयमा आयोजित भेलामा उनीहरूले सामूहिक निर्देशन दिएका हुन् । सम्पर्क मञ्चमा आबद्ध अनिवार्य रूपमा जिल्ला फर्किएर पार्टीका उम्मेदवारलाई जिताउन सामूहिक निर्देशन दिँदै उनीहरूले कार्यकर्ताको बलमा मात्रै २ नम्बर प्रदेशमा पार्टी पहिलो हुने बताए ।

वीरगन्ज महानगरमा बसरुद्दिन अन्सारी

एमालेले वीरगन्ज महानगरको मेयरमा बसरुद्दिन अन्सारी र उपमेयरमा सोफिया आचार्यलाई उठाउने निर्णय गरेको छ । शनिबारको स्थायी समिति बैठकले उनीहरूको नाम अनुमोदन गरेको हो । त्यस्तै, जितपुर–सिमरा उपमहानगरपालिकाको मेयरमा डा. कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरी तथा कलैया उपमहानगरपालिकाको मेयरमा विनोद साह र उपमेयरमा प्रतिमा यादवलाई उठाउने निर्णय गरेको छ ।

जनकपुर उपमहानगरपालिकाको उम्मेदवार भने आइतबारको बैठकले टुंगो लगाउने सचिव पृथ्वीसुब्बा गुरुङले बताए । बाँकी उम्मेदवारको टुंगो र चुनावी रणनीति तय गर्न आइतबार पुनः बैठक बस्ने उनको भनाइ छ । जनकपुर उपमहानगरको मेयरमा दीपेन्द्र यादव तथा लक्ष्मीनारायण भगत र पुनम मिश्रलाई उपमेयरका रूपमा प्रदेश संगठन कमिटीले सिफारिस गरेको छ । -नयाँ पत्रिका दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहारबाट श्रीमती गम्भीर घाइते, श्रीमान फरार रवि लामिछानेको मुद्दा फिर्तासम्बन्धी रिटमा महान्यायाधिवक्ताको निर्णयको कागजात झिकाउन सर्वोच्चको आदेश आगामी तीन दिन देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना राष्ट्रपति पौडेल समक्ष निर्वाचनसम्बन्धी प्रतिवेदन पेश शपथ ग्रहणबारे ६ दलसँग संसद् सचिवालयको छलफल सेयर बजारमा उच्च अंकको वृद्धि आशिकाविरुद्ध उत्रिए धादिङका पालिकाहरू मोटरसाइकल चालकहरूमाथि हातपात गरेको आरोपमा एक जना पक्राउ रवि लामिछानेविरूद्धको मुद्दा फिर्ताको रिटमा बहस सकियो माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने