भदौ १८,भीमदत्तनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १८,भीमदत्तनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनु"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

राष्ट्रवादी शक्तिसित सहकार्य हुन्छः थापा

१८ भाद्र २०७४, आईतवार ०९:०९

भदौ १८,भीमदत्तनगर। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रवादी शक्तिसित सहकार्य गरिने बताउनुभएको छ । 

कञ्चनपुरको भीमदत्तनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र ) बाहेकका अन्य राष्ट्रवादी शक्तिसित निर्वाचनमा सहकार्य हुने जानकारी दिनुभयो । 

सरकारले सुरुआतमा एउटै मितिमा दुबै निर्वाचनको मिति घोषणा गरे पनि लगत्तै मंसिरमा दुई मितिमा प्रदेश र प्रनितिधिसभाको निर्वाचन घोषणा गरिएकामा शंका व्यक्त गर्दै नेता थापाले भन्नुभयो, “यसले निर्वाचन आयोगको विश्वसनीयतामाथि प्रश्न उठ्न सक्छ ।” 

उहाँले नेपाल आयल निगमको जग्गा खरिद प्रकरणमा छानबिन प्रक्रिया अगाडि बढाएर दोषीलाई कारबाहीको दायरामा ल्याउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगसित माग गर्नुभयो । उहाँले आगामी दिनमा मेची महाकाली जागरण अभियान, सात वटै प्रदेशमा सनातन धर्म सभालगायत कार्यक्रम गर्ने तयारीमा पार्टी जुटेको जानकारी दिनुभयो । रासस (फाइल फोटो)  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता