प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएक"/>
८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्ष कार्यकारीमा जाने विषय एमालेमा जिउदै छ : भट्टराई

१८ भाद्र २०७४, आईतवार ०९:५६

प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएको छ । उहाँले प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी बनाउने भन्ने विषयलाई बहसको रूपमा लैजान सकिने धारणा राख्नुभयो । 

राजधानीमा नयाँ शक्ति नेपालले आयोजना गरेको एक कार्यक्रममा उहाँले अघिल्लो पुस्ताले नचाहेको कारणले नै संविधानमा यो उल्लेख गर्न नसकिएको बताउनुभयो । उहाँले प्रमुख रूपमा माओवादीले २०६४ आफु ठूलो हुदाँ विषय उठान गर्यो तर २०७० मा आफु खुम्चिएपछि प्रचण्ड प्रत्यक्ष कार्यकारीको विषयमा पछि हटेको बताउनुभयो । दलहरू आफु अनुकुल विषयमात्र उठ्ने गरेको झनै समस्या भएको बताउदै भट्टराईले भन्नुभयो पछिल्लो पुस्ताले यस्तो प्रणाली चाहदा-चाहदै पनि पछि हट्नु परेको धारणा राख्नुभयो । 

प्रत्यक्ष निर्वाचन प्रणालीलाई आउने निर्वाचनमा दलले घोषणापत्र र योजनाको विषयमा राखेर अगाडि बढ्न सक्ने उहाँको भनाई छ । प्रधानमन्त्रीले आफु निर्वाचित भएपछि पनि पद जोगाउन लाग्नुपर्ने भएकाले देशलाई समृद्धि बनाउन नसक्ने बताउनुभयो । दिल्ली र बेइजिङमा नेपालका प्रधानमन्त्री स्वाभिमानका साथ पुग्न नसकेसम्म नेपालमा स्थिर सरकार बन्न र विकास हुन नसक्ने आसय व्यक्त गर्नुभयो ।

भट्टराईले कसैलाई मन नपरेपनि अझै एक दशक निर्वाचनमा समानुपातिक प्रणाली हटाउन नसकिने बताउनुभयो । संसदको निर्वाचनको समयमा यहि प्रणालीमा सांसदको टिकट खरिद विक्रि भइरहेको र विकृति निस्किएको बताउदै उहाँले भन्नुभयो -"आर्थिक, सामाजिक, चेतनाका हिसाबले पछि परेको समुदायलाई ल्याउन समानुपातिक प्रणाली ल्याइएपनि अहिले धनाड्य मात्रै उक्त ठाउँमा आए, सच्चाउन तर्फ लाग्नुपर्छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता