प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएक"/>
२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रत्यक्ष कार्यकारीमा जाने विषय एमालेमा जिउदै छ : भट्टराई

२०७४, १८ भाद्र आईतवार ०९:५६

प्रज्वल पौडेल । भदौ १८, काठमाण्डौं । नेकपा एमालेका सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले प्रत्यक्ष कार्यकारीमा जानुपर्छ भन्ने विषय एमालेमा जिउदै रहेको बताउनुभएको छ । उहाँले प्रत्यक्ष प्रधानमन्त्री वा राष्ट्रपतिलाई कार्यकारी बनाउने भन्ने विषयलाई बहसको रूपमा लैजान सकिने धारणा राख्नुभयो । 

राजधानीमा नयाँ शक्ति नेपालले आयोजना गरेको एक कार्यक्रममा उहाँले अघिल्लो पुस्ताले नचाहेको कारणले नै संविधानमा यो उल्लेख गर्न नसकिएको बताउनुभयो । उहाँले प्रमुख रूपमा माओवादीले २०६४ आफु ठूलो हुदाँ विषय उठान गर्यो तर २०७० मा आफु खुम्चिएपछि प्रचण्ड प्रत्यक्ष कार्यकारीको विषयमा पछि हटेको बताउनुभयो । दलहरू आफु अनुकुल विषयमात्र उठ्ने गरेको झनै समस्या भएको बताउदै भट्टराईले भन्नुभयो पछिल्लो पुस्ताले यस्तो प्रणाली चाहदा-चाहदै पनि पछि हट्नु परेको धारणा राख्नुभयो । 

प्रत्यक्ष निर्वाचन प्रणालीलाई आउने निर्वाचनमा दलले घोषणापत्र र योजनाको विषयमा राखेर अगाडि बढ्न सक्ने उहाँको भनाई छ । प्रधानमन्त्रीले आफु निर्वाचित भएपछि पनि पद जोगाउन लाग्नुपर्ने भएकाले देशलाई समृद्धि बनाउन नसक्ने बताउनुभयो । दिल्ली र बेइजिङमा नेपालका प्रधानमन्त्री स्वाभिमानका साथ पुग्न नसकेसम्म नेपालमा स्थिर सरकार बन्न र विकास हुन नसक्ने आसय व्यक्त गर्नुभयो ।

भट्टराईले कसैलाई मन नपरेपनि अझै एक दशक निर्वाचनमा समानुपातिक प्रणाली हटाउन नसकिने बताउनुभयो । संसदको निर्वाचनको समयमा यहि प्रणालीमा सांसदको टिकट खरिद विक्रि भइरहेको र विकृति निस्किएको बताउदै उहाँले भन्नुभयो -"आर्थिक, सामाजिक, चेतनाका हिसाबले पछि परेको समुदायलाई ल्याउन समानुपातिक प्रणाली ल्याइएपनि अहिले धनाड्य मात्रै उक्त ठाउँमा आए, सच्चाउन तर्फ लाग्नुपर्छ ।"

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै