८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका संयाेजक भन्छन् – ‘अार्थिक समृद्धिकाे लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक’

१८ भाद्र २०७४, आईतवार १०:३५

प्रज्वल पाैडेल । भदाै १८, काठमाण्डौं । नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराईले मुलुककाे विकास र अार्थिक समृद्धिकाे लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकाे व्यवस्था अावश्यकता रहेकाे बताउनुभएको छ । 

नयाँ शक्ति नेपालले राजधानीमा अाईतबार अायाेजना गरेकाे एक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था नहुँदा बाह्य हस्तक्षेप बढेकाे तर्क गर्नुभयाे । 

उहाँले भन्नुभयाे-" मुलुककाे अान्तरिक पक्ष बलियाे बनाउन, स्थिर सरकार, राजनीति स्थायित्व, समृद्धि, र शुशासनकाे लागी कार्यकारी राष्ट्रपति भएमात्र सम्भव छ ।" पहिलाे संविधान सभामा माअाेवादीले राम्राे काम गरेपनि शंका गर्ने वातारण भएकाले सम्भव नभएको भट्टराईले बताए । उहाँले भन्नुभयाे -"प्रचण्ड र वावुराम नै कार्यकारी राष्ट्रपति बन्ने र बहुमतिय शासन प्रणाली नै हटाउने भन्ने साेचेर अन्य दलले पुरा हुन नदिईरहेकाे अवस्थामा प्रचण्डले नै यस विषयमा पछाडि हटेपछि संविधानमा अाउन सकेन । "

भट्टराईले अागामी मंसीरमा हुने निर्वाचनमा सबै दलले याे विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्न अाग्रह गर्नुभयाे । नेपाल अाैधाेगिक क्रान्तिकाे लहर नल्याइ विकासकाे लहर अगाडि बढ्न नसक्ने धारणा राख्नुभयाे ।

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्थाका लागि माइतीघर मण्डलामा दिउँसो ३ बजेबाट धर्ना कार्यक्रम समेत राखेकाे नेता भट्टराईले बताउनुभयाे ।

कार्यक्रममा काङ्ग्रेस,एमाले, माअाेवादी लगाएतका नेताले समेत प्रत्यक्ष कार्यकारीकाे पक्षमा वकालत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता