२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नयाँ शक्तिका संयाेजक भन्छन् – ‘अार्थिक समृद्धिकाे लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक’

२०७४, १८ भाद्र आईतवार १०:३५

प्रज्वल पाैडेल । भदाै १८, काठमाण्डौं । नयाँ शक्ति नेपालका संयाेजक बाबुराम भट्टराईले मुलुककाे विकास र अार्थिक समृद्धिकाे लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपतिकाे व्यवस्था अावश्यकता रहेकाे बताउनुभएको छ । 

नयाँ शक्ति नेपालले राजधानीमा अाईतबार अायाेजना गरेकाे एक अन्तरक्रिया कार्यक्रममा उहाँले यस्ताे बताउनुभएकाे हाे । पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने व्यवस्था नहुँदा बाह्य हस्तक्षेप बढेकाे तर्क गर्नुभयाे । 

उहाँले भन्नुभयाे-" मुलुककाे अान्तरिक पक्ष बलियाे बनाउन, स्थिर सरकार, राजनीति स्थायित्व, समृद्धि, र शुशासनकाे लागी कार्यकारी राष्ट्रपति भएमात्र सम्भव छ ।" पहिलाे संविधान सभामा माअाेवादीले राम्राे काम गरेपनि शंका गर्ने वातारण भएकाले सम्भव नभएको भट्टराईले बताए । उहाँले भन्नुभयाे -"प्रचण्ड र वावुराम नै कार्यकारी राष्ट्रपति बन्ने र बहुमतिय शासन प्रणाली नै हटाउने भन्ने साेचेर अन्य दलले पुरा हुन नदिईरहेकाे अवस्थामा प्रचण्डले नै यस विषयमा पछाडि हटेपछि संविधानमा अाउन सकेन । "

भट्टराईले अागामी मंसीरमा हुने निर्वाचनमा सबै दलले याे विषयलाई प्राथमिकतामा राखेर अगाडि बढ्न अाग्रह गर्नुभयाे । नेपाल अाैधाेगिक क्रान्तिकाे लहर नल्याइ विकासकाे लहर अगाडि बढ्न नसक्ने धारणा राख्नुभयाे ।

नयाँ शक्ति नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली र विदेशमा बस्ने नेपालीहरुलाई मताधिकारको व्यवस्थाका लागि माइतीघर मण्डलामा दिउँसो ३ बजेबाट धर्ना कार्यक्रम समेत राखेकाे नेता भट्टराईले बताउनुभयाे ।

कार्यक्रममा काङ्ग्रेस,एमाले, माअाेवादी लगाएतका नेताले समेत प्रत्यक्ष कार्यकारीकाे पक्षमा वकालत गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन