८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

काँग्रेसले धनुषामा १८ मध्ये १२ तहको उम्मेदवारको टुंगो लगायो

१९ भाद्र २०७४, सोमबार ०७:१५

भदौ १९, धनुषा । असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली काँग्रेसले वटा १८ मध्ये १२ वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । 

एक उपमहानगरपालिकासहित १८ वटा स्थानीय तह रहेको धनुषामा १२ वटामा टुंगो लगाइसकेको र सोमबार दिउँसोसम्म जिल्लाको सबै स्थानीय तहको टुंगो लागिसक्ने जिल्ला सभापति रामसरोज यादवले जानकारी दिनुभयो । 

नेकाँ धनुषा सभापति यादवका अनुसार जनकपुर उपमहानगरपालिकाको प्रमुखमा मनोज साह र उपप्रमुखमा निलम कर्ण, क्षिरेश्वरनाथ नगरपालिकाको प्रमुखमा योगेन्द्र पजियार (जोगी) र उपप्रमुखमा रचना माथेमा, नगराईन नगरपालिकाको प्रमुखमा प्रमेश्वर यादव र उपप्रमुखमा रञ्जुदेवी साह, विदेह नगरपालिकाको प्रमुखमा प्रेमचन्द्र झा र उपप्रमुखमा हीरादेवी सहनी, धनुषाधाम नगरपालिकाको प्रमुखमा बालेश्वर मण्डल र उपप्रमुखमा विद्यादेवी भुजेल, सबैला नगरपालिकाको प्रमुखमा विजयशंकर साह र उपप्रमुखमा बबितादेवी साह उम्मेदवार चयन हुनुभएको छ । 

त्यस्तै धनौजी गाउँपालिकाको अध्यक्षमा बद्री सिंह र उपाध्यक्षमा रामवती मण्डल, लक्ष्मीनिया गाउँपालिकाको अध्यक्षमा कुमरकान्त झा र उपाध्यक्षमा रामराजी यादव, बटेश्वर गाउँपालिका अध्यक्षमा रामअशिष महतो र उपाध्यक्षमा अनारशीदेवी यादव, औरही गाउँपालिकाको अध्यक्षमा ब्रह्मदेव यादव र उपाध्यक्षमा शशीकला मण्डललाई उम्मेदवार हुनुहन्छ । 

यस्तै मुखियापट्टीमुसहरनिया गाउँपालिकाको अध्यक्षमा रामबाबु यादव उम्मेदवार बन्नुभएको छ भने उपाध्यक्षको टुंंगो लगाउन बाँकी छ । यता काँग्रेस र नेकपा माओवादीले तालमेल गर्ने धनुषा जिल्लाको एक स्थानीय तह मिथिला नगरपालिकाको प्रमुखमा राजकुमार महतोलाई काँग्रेसले उम्मेदवार बनाएको छ भने माओवादीबाट उपप्रमुखको उम्मेदवार टुंगो लगाउन बाँकी छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता