२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

माओवादीले सिरहामा उम्मेदवार टुङ्ग्यायो, (नामावलीसहित)

१९ भाद्र २०७४, सोमबार १४:५६

भदौ १९, सिरहा । तेस्रो चरणअन्तर्गत आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि माओवादी केन्द्रले सिरहाका अधिकांश स्थानमा उम्मेदवार चयन गरेको छ ।

सिरहामा १८ स्थानीय तह छन् । तीमध्ये १३ स्थानीय तहमा उम्मेदवार चयन गरेको सो पार्टीले जनाएको छ । लहान नगरपालिकाकाको प्रमुखमा खड्गनारायण चौधरी र उपप्रमुखमा रिक्मा विश्वकर्मा, धनगढीमाई नगारपालिकाको प्रमुखमा हरिनारायण चौधरी र उपप्रमुखमा फुलकुमारी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका कार्यालय सदस्य तथा २ नं प्रदेश संयोजक विश्वनाथ साहले जानकारी दिए ।

यसैगरी मिर्चैया नगरपालिकाको प्रमुखमा श्रवणकुमार यादव, गोलबजार नगरपालिकाको प्रमुखमा देवनाथ साह र उपप्रमुखमा रेशम थापा, सिरहा नगरपालिकाको प्रमुखमा महेश यादव र उपप्रमुखमा रेखादेवी यादव, कर्जन्हा नगरपालिकाको प्रमुखमा गंगा पासवान तथा कल्याणपुर नगरपालिकाको प्रमुखमा प्रकाश महासेठलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए ।

उनका अनुसार सुखीपुर नगरपालिकामा संघीय समाजवादी फोरमसँग तालमेल गर्ने विषयमा छलफल भइरहेकोले त्यहाँ पार्टीले उम्मेदवार चयन गरिएको छैन् ।

त्यस्तै सखुवानन्कारकट्टी गाउँपालिकाको अध्यक्षमा बालेश्वर साह र उपाध्यक्षमा अनिता यादव, नवराजपुर गाउँपालिकाको अध्यक्षमा रामनारायण दास र उपाध्यक्षमा सोमतिदेवी यादव, विष्णुपुर गाउँपालिकाको अध्यक्षमा सत्यदेव यादव र उपाध्यक्षमा ललितादेवी यादव तथा अर्नमा गाउँपालिकाको अध्यक्षमा ठक्कु महतोलाई उम्मेदवार बनाउने निर्णय भएको संयोजक साहले बताए ।

त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिकाको अध्यक्षमा वीरेन्द्र साह र उपाध्यक्षमा लीलादेवी परियार, नरहा गाउँपालिकाको अध्यक्षमा दुखमोचन यादव र उपाध्यक्षमा आशादेवी यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको उनले जानकारी दिए ।

सुखीपुर नगरपालिका तथा औरही, बरियारपट्टी र भगवानपुर गाउँपालिकामा अन्य दलहरुसँग तालमेलका सम्भावना रहेकाले सो स्थानहरुमा तालमेलको आधारमा उम्मेदवार तय गरिनेपनि संयोजक साहले बताए ।

आठ नगरपालिका र नौ गाउँपालिका रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता छन् । निर्वाचनमा भाग लिन ३२ वटा राजनीतिक दलले निर्वाचन कार्यालयमा दर्ता गराएका छन् । जिल्लामा कुल २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । -रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य