८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राजपा छाडेर शिवपुजन यादव माओवादीमा, सर्लाहीका ४ स्थानीय तहमा जिताइदिने

२० भाद्र २०७४, मंगलवार ०१:२८

भदौ २०, काठमाडौँ | राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का केन्द्रीय नेता एवम् पूर्व सांसद शिवपुजन राय यादव आफ्नो पार्टी छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रवेश गरेसँगै उनले सर्लाहीका ४ वटा स्थानीय तहमा जिताइदिने दावी समेत गरेका छन् । 

माओवादीमा प्रवेश गरेका यादव सर्लाहीमा प्रभावशाली नेता मानिन्छन् । यादवले पहिलो संविधान सभामा सर्लाही ६ मा तमलोपाका अध्यक्ष महन्थ ठाकुर र कांग्रेसका अमरेशकुमार सिंहलाई फोरम नेपालबाट पराजित गरेका थिए । 

पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले उनलाई पार्टीको  पोलिटब्यूरो सदस्य बनाउने भएको छ । पार्टी प्रवेश गराएसंगै माओवादीले यादवलाई पोलिटब्यूरो सदस्य बनाउने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका हुन् । साथै माओवादी केन्द्रले असोजको निर्वाचनमा उनले भने बमोजिमका उम्मेदवारलाई नै टिकट दिने स्पष्ट पारेको छ । 

पार्टी प्रवेश गरेका यादवको स्थानमा माओवादी केन्द्रको त्यति राम्रो स्थिति छैन । जहाँ माओवादीलाई उम्मेदवार उठाउन समेत हम्मे-हम्मे थियो त्यहि स्थानमा माओवादीलाई जिताउने नेता शिवपुजन यादवको दावी छ  । उनले सर्लाहीको २ नगरपालिका र २ गाउँपालिकामा माओवादीलाई जिताउने दावी गरेपछी माओवादी केन्द्र हौसिएको छ ।

प्रदेश नम्बर २ मा आउँदो असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुँदैछ । जसका लागि २१ गते (भोली) उम्मेदवारी दर्ताको कार्यक्रम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता