२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

अवैध पैसा वैध बनाउन सांसद तामाङको प्रस्ताव, अर्थमन्त्री पौडेलको चेतावनी

२०८२, २० असार शुक्रबार १५:१०

काठमाडौँ ।  संघीय संसद्को प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले अवैध रूपमा संकलित पैसालाई वैध बनाउन विशेष कर प्रणाली लागू गर्ने प्रस्ताव राखेका छन्।

उनले भने, “प्रत्येक नेपालीसँग भएको पैसा जे जस्तो तरिकाले कमाएको भए पनि बाहिर निकाल्ने व्यवस्था गरौं। १३ प्रतिशत भ्याट वा कम कर लगाएर भए पनि त्यो पैसा अर्थतन्त्रमा ल्याउन दिनुपर्छ। यो एकपटकको व्यवस्था गरौं।”

तर अर्थमन्त्री विष्णु पौडेलले तामाङको प्रस्तावप्रति आपत्ति जनाउँदै त्यसले गम्भीर असर पार्न सक्ने बताए।

“नेपाल अहिले एफएटीएफको ग्रे लिष्टबाट बाहिरिने प्रयासमा छ। यस्तो संवेदनशील समयमा यस्तो प्रस्ताव सदनमा आएर छलफल भयो भन्ने सूचना बाहिर गयो भने नेपालको छवि र प्रयासमा धक्का पुग्छ,” पौडेलले चेतावनी दिए।

उनले थपे, “यो समिति मिनि संसद् हो। यस्ता विषयमा बोल्दा गम्भीर परिणाम आउन सक्छ, कृपया सतर्क होऔं।”

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण