maoप्रकाश ध"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... maoप्रकाश ध"/>
2026-10-18 09:46 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी बन्छः हिमाल

maoप्रकाश धौलाकोटी । माघ २, तेह्रथुम । एकिकृत नेकपा माओवादी जिल्ला कमिटी तेह्रथुमले जिल्ला सम्मेलन सकिएको लामो समयपछि बल्ल पदाधिकारीको टुंगो लगाएको छ । शनिबार सदरमुकाम म्याङलुङमा बसेको सम्मेलन पछिको तेस्रो पुर्ण बैठकले जिल्ला कमिटीको उपाध्यक्षमा इन्द्रप्रकाश इम्सङ, सचिवमा तारा भट्राई, सहसचिवमा तेजमान कन्दङवा र कोषाध्यक्षमा बलिराज ईङ्नामलाई सर्वसहमतिले चयन गरेको छ ।


जिल्ला कमिटी सदस्यहरुमा सलबहादुर तिवारी, हरि खनाल, गणेश विमली, नन्द नेपाली, रमेश घिमिरे, ईश्वर श्रेष्ठ, छिरिङ लामा, पुर्णबहादुर आंखेवा र विमला फुएल चयन हुनुभएको छ । यस्तै प्रदेश समितिमा फुर्वी शेर्पा र रघु गौतमलाई प्रतिनिधि पठाउने निर्णय गरेको छ । बैठकले पदाधिकारीसहित जिल्ला कमिटी सदस्यहरुको एक तिहाई संख्या अनुसार १७ सदस्यीय सचिवालय समेत गठन गरेको छ ।


2 (2)


एमाओवादी एक नम्बर प्रदेश समितिका सचिव तथा पोलिट व्युरो सदस्य सुरेश राई हिमालको आतिथ्यतामा बसेको बैठकले आउँदो चैत्र सम्ममा सबै जनवर्गीय संगठन र जातीय मोर्चाको जिल्ला सम्मेलन गरिसक्ने, जिल्ला व्यापी रुपमा तीन महिने संगठन सुदृढिकरण अभियान चलाउने र जिल्लाको विकास निर्माणको काममा प्रभावकारी तथा पारदर्शिता अपनाउन जोड दिने निर्णय गरेको बताइएको छ ।
दुई वर्ष अघि सम्पन्न भएको दोस्रो जिल्ला सम्मेलनले दुर्गाप्रसाद चापागाई सचिनलाई अध्यक्ष चयन गरेपनि बाँकी पदाधिकारी छान्न सकेको थिएन ।


यसैबीच एकिकृत नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रदेश समितिका सचिव सुरेश राई हिमालले आगामी निर्वाचन पछि एमाओवादी पार्टी देशको सबैभन्दा ठुलो पार्टी हुने दाबी गर्नुभएको छ । एमाओवादी जिल्ला कमिटी तेह्रथुमको विस्तार तथा कार्यकर्ता प्रशिक्षणकालागि आउनुभएका प्रदेश सचिव राईले संचारकर्मीसँग कुरा गर्दै एमाओवादीले लिएको राजनीतिक विचार र कार्यदिशाबाट आगामी निर्वाचनमा एमाओवादी सबैभन्दा ठुलो पार्टी हुने बताउनुभयो ।


उहाँले दोस्रो संविधानसभाको निर्वाचन पछि कमजोर संगठन व्यवस्थापन र फुटका कारण कमजोर देखिएको भएपनि हालको राष्ट्रिय राजनीति र सरकारको कार्यदिशा समेत एमाओवादीको विचार धाराबाट निर्देशित रहेको बताउनुभयो । उहाँले फुटका कारण नेपालमा माओवादीहरु कमजोर बनेको स्वीकार्दै यथासिघ्र मणि थापा नेतृत्वको माओवादी र बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीबीच पार्टी एकिकरण हुने बताउनुभयो ।


उहाँले विप्लव नेतृत्वको माओवादीसँग भने अहिल्यै पार्टी एकिकरणको सम्भावना नदेखिएको बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु