२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केरे केरे! तिम्रो पिताजीको शासन हो भन्नेहरूले,हस्ताक्षरमार्फत दबाब दिन किन खोजेको: विश्वप्रकाश शर्मा

२२ श्रावण २०८२, बुधबार १६:३७

काठमाडौँ | सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कुनैबेला अदालतको आदेशमा बिमती राख्नेमाथि खरो उत्रिने रास्वपाले अहिले त्यही तागत नराख्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले पहिले केरे केरे! तिम्रो पिताजीको शासन हो भन्नेहरू अहिले हस्ताक्षरमार्फत दबाब दिन खोजेको बताएका हुन्।

‘हिजो त्यसरी बोल्ने अनी आज हस्ताक्षरमार्फत केरे केरे कसलाई दबाब दिन खोजेको? हस्ताक्षरमार्फत यो देशमा अदालतहरुमा वा कसलाई दबाब दिन खोजेको? कुनै अस्पताललाई क्याम्पसलाई कि अदालतलाई?,’ उनले भने।

उनले रास्वपा पनि आफूजस्तै नयाँ भएकाले सिक्न आग्रह गरे।

‘हामी सिक्ने क्रममा छौं। सबै आफ्नो दृष्टिकोण बुझाइहरू संसदले मान्नुपर्छ भन्ने मेरो गोरूको अठारै टक्का भन्ने कुरामा म जानुहुन्न र मजस्तै साथीहरूले जानु हुन्न। प्रश्न नयाँ पुरानो होइन प्रवृत्तीको हो,’ उनले भने।

रास्वपा सभापति जेलमा भए पनि आदेश गर्न स्वतन्त्र भएको उनले बताए। ‘ साथीहरू बाहिर चाहिँ हुनुहुन्छ तर जेलको कैदीझैं आदेश मान्न बाध्य हुनुहुन्छ,’ उनले भने।केही नेताहरू कांग्रेसबाटै रास्वपामा गएको पनि बताए। तर बोल्ने तागत कांग्रेसमा हुँदा मात्रै हुने बताए।

‘कांग्रेसभित्रै हुँदा मात्रै हो। यहाँबाट गएपछि त्यही तागत राख्नुहुन्छ भन्ने अपेक्षा गर्दिन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला