२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

केरे केरे! तिम्रो पिताजीको शासन हो भन्नेहरूले,हस्ताक्षरमार्फत दबाब दिन किन खोजेको: विश्वप्रकाश शर्मा

२०८२, २२ श्रावण बुधबार १६:३७

काठमाडौँ | सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कुनैबेला अदालतको आदेशमा बिमती राख्नेमाथि खरो उत्रिने रास्वपाले अहिले त्यही तागत नराख्ने बताएका छन्।

बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले पहिले केरे केरे! तिम्रो पिताजीको शासन हो भन्नेहरू अहिले हस्ताक्षरमार्फत दबाब दिन खोजेको बताएका हुन्।

‘हिजो त्यसरी बोल्ने अनी आज हस्ताक्षरमार्फत केरे केरे कसलाई दबाब दिन खोजेको? हस्ताक्षरमार्फत यो देशमा अदालतहरुमा वा कसलाई दबाब दिन खोजेको? कुनै अस्पताललाई क्याम्पसलाई कि अदालतलाई?,’ उनले भने।

उनले रास्वपा पनि आफूजस्तै नयाँ भएकाले सिक्न आग्रह गरे।

‘हामी सिक्ने क्रममा छौं। सबै आफ्नो दृष्टिकोण बुझाइहरू संसदले मान्नुपर्छ भन्ने मेरो गोरूको अठारै टक्का भन्ने कुरामा म जानुहुन्न र मजस्तै साथीहरूले जानु हुन्न। प्रश्न नयाँ पुरानो होइन प्रवृत्तीको हो,’ उनले भने।

रास्वपा सभापति जेलमा भए पनि आदेश गर्न स्वतन्त्र भएको उनले बताए। ‘ साथीहरू बाहिर चाहिँ हुनुहुन्छ तर जेलको कैदीझैं आदेश मान्न बाध्य हुनुहुन्छ,’ उनले भने।केही नेताहरू कांग्रेसबाटै रास्वपामा गएको पनि बताए। तर बोल्ने तागत कांग्रेसमा हुँदा मात्रै हुने बताए।

‘कांग्रेसभित्रै हुँदा मात्रै हो। यहाँबाट गएपछि त्यही तागत राख्नुहुन्छ भन्ने अपेक्षा गर्दिन,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण