२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेस–एमालेसहित चारदलीय गठबन्धनसँग एक्लै भिडेको रास्वपा, दोब्बर मतान्तरले विजयी

२३ श्रावण २०८२, बिहीबार १२:३४

काठमाडौँ | चन्द्रपुुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा निर्वाचित भएका छन्।

पूर्वप्रधानमन्त्री माधव नेपाल, प्रभु साहलगायतका चर्चित नेताहरुको निर्वाचन क्षेत्र रहेको रौतहटमा कांग्रेस-एमालेलगायत चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट सापकोटा अध्यक्षमा निर्वाचित भएका छन्।

रास्वपा अध्यक्ष रवि लामिछानेमाथि राजनीकि प्रतिशोध भएको भन्दै रास्वपाले देशव्यापी रुपमा हस्तक्षर अभियान चलाइरहेका बेला चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा रास्वपाले सफलता पाएको हो।

अध्यक्षमा निर्वाचित सापकोटाले ५ सय २ मत प्राप्त गरेका छन् भने उनको प्रतिद्वन्द्वी चार दलीय गठबन्धनमा साझा उम्मेदवार सुनिल साहले मात्र २ सय ६९ मत प्राप्त गरेका छन्। सापकोटा झण्डै दोब्बर मतान्तरले विजयी भएका हुन्।

१ हजार ९७ मतदाता रहेको संघको सम्पन्न निर्बाचनमा ८ सय २ मत खसेको थियो। बिजयी भएपछि सापकोटाले भने चन्द्रपुरको पहिचान र ब्यबसायीको हितमा सदैब क्रियाशिल रहने बताए। अन्य सदस्य पदका उम्मेदबार निर्बिरोध निर्बाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला