२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहमन्त्री लेखकसँग भेट गरेपछि देउवा भेट्न पुगे महामन्त्रीद्वय शर्मा र थापा

२०८२, २४ श्रावण शुक्रबार १३:४४

काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार थापासँग छलफल गरेका छन् । बुढानिलकण्ठस्थित् आफ्नो निवासमा शुक्रबार सभापति देउवाले महामन्त्रीद्वय थापा र शर्मासँग छलफल गरेका हुन् ।

बिहीबार गृहमन्त्री रमेश लेखकले पनि महामन्त्रीद्वय शर्मा र थापासँग एक पाँचतारे होटलमा डिनर मिटिङ गरेका थिए । त्यसको भोलिपल्ट शुक्रबार देउवाले महामन्त्रीद्वयसँग छलफल गरेका हुन् । छलफलमा उपसभापति पूर्णबहादुर खड्का पनि छन् ।

सरकारले ल्याएका विधेयकहरू विवादमा परेपछि शर्मा र थापाले सार्वजनिक रुपमा त्यसको विरोध गर्दै आइरहेका छन् । कुलिङ पिरियड छेडखानीमा सांसद तथा राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको पनि गल्ती भेटिएपछि अहिले उनलाई पद छोड्नुपर्ने पार्टीभित्रैबाट दबाब सिर्जना भएको छ ।

खतिवडालाई कुलिङ अफ पिरियडमा समिति र प्रतिनिधिसभाले पास गरेको व्यवस्था निष्क्रिय पार्ने वाक्यांश परेको विषयमा संसदीय विशेष छानबिन समितिले नैतिक जिम्मेवार भएको ठहर गरेको छ ।

भूमिसम्बन्धी विधेयकमा पनि महामन्त्रीद्वयले असन्तुष्टि राखेका छन् । महामन्त्रीहरूले सार्वजनिक रूपमै सरकारको आलोचनालाई तीव्र पारेपछि देउवाले उनीहरूसँग छलफल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट