२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले लगायो प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकमाथि गम्भीर आरोप

३० श्रावण २०८२, बिहीबार १४:२४

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि गम्भीर आरोप लगाएको छ। प्रतिनिधिसभा बैठका बिहीबार सम्बोधन गर्दै रास्वपा सांसद चन्दा कार्कीले सांसद चन्दा कार्कीले प्रतिपक्षका आन्दोलनप्रति सरकारले लामो समयदेखि मौन रहँदै आएको आरोप लगाएकी हुन्। उनले अदालतमा राजनीतिक हस्तक्षेप भइरहेको पनि दाबी गरिन्।

यसैगरी उनले प्रधानमन्त्री ओलीले संसद्‌मा भाषण गर्दै अदालतमा आफ्नै पार्टीका न्यायाधीश राख्ने र निर्णय वफादारीमा हुने कुरा स्वीकार गरेको बताइन्। ‘आज प्रधानमन्त्री आफैँ अदालतको फैसलाको जिम्मा सरकारले लिन सक्दैन भन्नुहुन्छ’, उनले भनिन्।

गृहमन्त्री रमेश लेखकको कार्यशैलीमाथि पनि कार्कीले प्रश्न उठाइन्। रूपन्देही जिल्ला अदालतमा रवि लामिछानेको मुद्दामा उजुरी तयार पारिएको र गृहमन्त्रीकै सचिवालयमार्फत प्रतिलिपि पठाइएको दाबी कार्कीको छ। उनले भनिन्, ‘गत सोमबार रुपन्देही जिल्ला अदालतमा रवि लामिछानेज्यूको निवेदनमाथि पेसी चढेको दिन गृहमन्त्री ज्यू कै कार्यकक्षमा उजुरी तयार पारिएको र त्यसको प्रतिलिपि उहाँकै सचिवालयबाट सबैतिर पठाइएका सूचना र समाचार छरपष्ट बाहिरिएका छन्।’

यसबारे पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको अभिव्यक्ति पनि सार्वजनिक भइसकेको सांसद कार्कीले बताइन्।

सांसद कार्कीले प्रधानमन्त्री र कानुनमन्त्रीमाथि पनि न्यायाधीशलाई फोन गरेर हस्तक्षेप गरेको आरोप लगाइन्। उनले न्यायिक स्वतन्त्रता र लोकतान्त्रिक प्रक्रिया प्रति सरकारको गम्भीर ध्यानाकर्षण गराइन्।

सांसद कार्कीले संसद्को रोस्ट्रममा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको पनि आलोचना गरिन्। उनले भनिन्, ‘हिजो संसदको रोस्ट्रममा उभिएर व्यक्तिगत तहमा उत्रिएर प्रधानमन्त्रीले कुण्ठाको पोको खोलेर जानुभयो। संसद् र प्रधानमन्त्री पदको गरिमाको समेत मानमर्दन भएको त्यस्तो अभिव्यक्तिको म जवाफ दिन चाहदिनँ किनभने ३८ लाखभन्दा बढी नागरिकले हस्ताक्षर मार्फत आफ्नो प्रतिक्रिया दिइसकेका छन्।’

उनले सुशासनको भाषण दिनुनअगाडि आफ्ना मन्त्रीहरूको काम, आचरण र सम्पत्ति जाँच गर्न प्रधानमन्त्रीसँग आग्रह गरिन्। यसैगरी उनले आफूहरू सत्य र न्यायको लडाइँ लड्दै रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेको बताइन्।

उनले भनिन्, ‘हामी सत्य र न्यायका लागि लडिरहेका छौँ। रवि लामिछानेमाथि भइरहेको अन्याय र ज्यादतीको प्रतिवाद गरिरहेका छौँ। उहाँको स्वास्थ्य र सुरक्षाप्रति हामी गम्भीर छौँ। यो केवल रविको मुद्दा होइन यो लोकतन्त्रको न्याय प्रक्रियाप्रतिको विश्वासको मुद्दा हो।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान