2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अहिले कांग्रेस-एमाले पनि हाम्रो जनसत्तामा आएका छन्: प्रचण्ड

भदौ ३१, रोल्पा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले बनेका स्थानीय तहहरु बिगतमा आफूहरुले अभ्यास गरेको समानान्तर जनसत्ताकै वैधानिक रुप भएको बताएका छन् ।

रोल्पाको थवाङ गाउँपालिकाको प्रथम गाउँसभा उद्घाटन गर्दै उनले भने– ‘अहिले बनेका स्थानीय तहहरु बिगतमा हामीले जनयुद्धको क्रममा सञ्चालन गरेकै जनसत्ताका वैधानिक रुप हुन् । त्यतिबेला बजेट आउँदैन्थ्यो, अहिलेका जनसत्तामा केन्द्र र प्रदेशबाट बजेट आउँछ । त्यसैले अब पनि समानान्तर जनसत्ताकै अभ्यास गर्नुको कुनै औचित्य छैन ।’

प्रचण्डको थवाङ भ्रमण अवरोध पार्ने प्रयासस्वरुप नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताले आफूहरुको जनसत्ताको अनुमतिविना प्रचण्डलाई बोलाएको आरोप लगाउँदै गाउँपालिका अध्यक्षलाई अपहरण गरेको भोलिपल्ट थवाङ पुगेका प्रचण्डले भने– ‘यही हो जनसत्ता, जनताले चुन्ने, जनताकै छोराछोरीले सत्ता लगाउने यो भन्दा अर्को जनसत्ता हुन सक्दैन ।’

नीतिगतरुपमा जनयुद्धकै एजेण्डाको रुपमा स्थानीय तह आएको र यही नै जनसत्ताको अभ्यास भएको उल्लेख गर्दै उनले भने– ‘हामीले हिजो जनयुद्धकालमा सांकेतिक रुपमा एक्लै जनसत्ता चलाएका छौं, अहिले कांग्रेस एमालेलगायतका दल पनि हाम्रो जनसत्तामा आएको छन्, यो ठूलो परिवर्तन हो ।’ जहाँसम्म जनसत्ता कसले चलाउने भन्ने सवालमा जसलाई जनताले विश्वास गर्छन्, उसले नै सत्ता चलाउने बताए । करोडौंको बजेट र सम्पूर्ण निर्णय गर्ने अधिकार जनताकै घरआँगनमा आउनु जनयुद्धकै उपलब्धि भएको उल्लेख गर्दै उहाँले यही नै जनसत्ताको अभ्यास भएको बताए ।

स्थानीय तहमा ब्यवस्थापिका र कार्यपालिका मात्र होइन हिजो आफूहरुले गरेकै जनअदालतको अभ्यासको निरन्तरतास्वरुप स्थानीय तहमा न्यायिक समिति बनाएर न्यायपालिकाको काम समेत शुरु गरिएको उनले बताए ।

उनले भने ‘हिजो हामीले जनयुद्धको बेलामा सब भन्दा पहिले जनसरकार भनेर थबाङबाट शुरुवात गरेका हौं तर त्यसबेला राष्ट्रिय रुपमा मान्यता भएको थिएन । तर अहिले जे बनेको छ यो पनि जनसरकार नै हो ।’

 थबाङका जनता कसैको डर धम्की र धाकका पछाडी नलाग्ने बताउँदै उनले थबाङ गाउँपालिकाको बिकासका लागि आफु अहोरात्र खटने बताए । थबाङगाउँपालिकालाई नमुना गाउँपालिका बनाएर छाडने प्रचण्डको उदघोष थियो ।

जनयुद्धमा ज्यान गुमाएका धेरै सहिद बेपत्ता, घाईते अपांगको आशा पुरा गर्नका लागि थबाङ गाउँपालिकालाई नमुना गाउँपालिका बनाउनको लागि काम शुरु गर्न समेत उनले सबै सरोकारवाला निकायहरुलाई आग्रहसमेत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ