१० पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दा शिक्षाको स्थिति नाजुक रहेको : सांसद बस्नेत

५ भाद्र २०८२, बिहीबार ११:३१

काठमाडौँ | नेकपा (माओवादी केन्द्र)की सांसद ज्ञानु बस्नेतले देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा गइसक्दा समेत शिक्षाको स्थिति नाजुक रहेको बताएकी छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले यस्तो बताएकी हुन् ।

शिक्षा क्षेत्रमा धेरै समस्या विद्यमान रहेको उनले उल्लेख गरिन् । उनले शिक्षा क्षेत्रमा धेरै सुधार गर्न जरुरी रहेको औँल्याइन् । शिक्षा क्षेत्रको जग बलियो बनाएर अघि बढ्न जरुरीमा रहेकामा उनले जोड दिइन् । “संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा हुँदा पनि शिक्षाको क्षेत्रमा धेरै प्रगति गर्न सकेनौँ । शिक्षाको क्षेत्रमा धेरै समस्या हाम्रो अगाडि खडा भए । जसको कारणले आज झन्डै हाम्रो देश, आज जसरी अघि बढ्नुपर्ने हो, त्योअनुसार बढ्न सकेन,” उनले भनिन्, “शिक्षालाई अघि बढाउने शिक्षा विधेयकले महत्त्वपूर्ण भूमिका निर्वाह गरोस् । शिक्षा क्षेत्रमा जग बलियो खडा गरौँ भनेर हामी लाग्यौँ ।”

सांसद बस्नेतले सामुदायिक विद्यालयको सुधारका निम्ति राज्यबाट सेवा सुविधा र तलब लिनेहरूका सन्तानलाई सोही स्कुलमा भर्ना गर्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित आयोगमा बयान दिन जान्छुःपूर्वगृहमन्त्री लेखक रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु जेलेन्स्कीको कडा चेतावनी निर्धारित मितिमै निर्वाचन हुन्छः अर्थमन्त्री खनाल बालेनसँग वार्ता सकेर निस्किए रवि विश्वविद्यालयलाई प्राज्ञिकस्थल बनाउन आवश्यक छः प्रधानमन्त्री निर्वाचनको वातावरण बनाउनुपर्नेमा अध्यक्ष ओलीको जोड त्रिविविको दीक्षान्त समारोह, सोह्र हजार दीक्षित बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन्ः प्रधानमन्त्री सुनचाँदीको मुल्य घट्यो त्रिविको ५१आँै दीक्षान्त समारोह आज राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट छ वटा राजनीतिक दल खारेज नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी