2026-09-15 08:22 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रोल्पा थवाङ गाउँपालिका अध्यक्षलाई यस्ता तीन सर्त राखेर छाडियो

असोज १, काठमाडौँ । रोल्पाको थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलार्इ अपहरण गरेको करिब ४० घण्टापछि मुक्त गरिएको छ ।

थवाङ गाउँपालिकाको गाउँसभा रोक्न नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले घर्तीलाई विहीबार राति ससुराली गाउँबाट अहपरण गरी लगेका थिए ।

थबाङको गाउँसभामा प्रचण्ड पनि आउने थाहा पाएपछि विप्लवकका कार्यकर्ताले घर्तीलाई अपहरण गरी लगेका थिए । वीरबहादुरको अपहरण भए पनि प्रचण्ड शनिबार हेलिकोप्टरमा थबाङ पुगेर राजधानी फर्किसकेका छन ।

शनिवार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलार्इ प्रमुख अतिथि बनाएर गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा गाउँसभा सकिएपछि घर्ती सकुशल मुक्त भएका हुन् ।

शनिवार साँझ ७ बजेको समयमा स्थानीय पत्रकारको रोहबरमा थवाङ र सदरमुका लिवाङको सिमाना भनभने भन्ने स्थानाबट घर्ती मुक्त भएका हुन् । घर्तीलाई स्थानीय पत्रकारको जिम्मा लगाएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घर्ती अपहरणको जिम्मेवारी नेकपाले लिएको थियो । विप्लवका कार्यकर्ताहरूले घटनाको जिम्मेवारी लिँदै आफ्नो अनुमतिबिना गाउँसभा गर्न लागेकाले अपहरण गरिएको जनाएका छन् । 

उनलाई अपहरण मुक्त गरेपछि एक विज्ञाप्ति मार्फत जिल्ला जन परिषद रोल्पाका संयोजक लाल बहादुर वलीले भनेका छन् – ‘देशम यति बेला नेपाली जनताको जनसत्ता र दलाल संसदिय ब्यबस्थाले नेपालीजनता बिरुद्ध जबरजस्ती थुपारीएको दलाल सत्ता बिच संघर्ष चलिरहेको छ । यसै सन्दर्भमा नेपाली जनता र शहिदहरुलाई समेत घात प्रतिघात गदै प्रचण्ड स्वयमबाट थबाङको स्थानिय सत्तालाई चुनौति दिन थवाङ गाउँपालीकाको कथित गाउँसभा उदघटन गर्न जानु निकै गम्भीर कुरो हो । क्रान्तिकारी जनतालाई अपमानित गदै जबरजस्ती संसदिय ब्यबस्था थुपार्नुले स्थानिय जनताले थवाङ गाउपालीका अध्यक्ष श्री बिर बहादुर घर्तिलाई सोधपुछको लागी आपनो नियण्त्रणम लिएका थिए । अध्यक्ष बिर बहादुर घर्तिलाई आबश्यक सोधपुछ र कोही सर्त सहितस्थानीय जनता,पत्रकार काँसिराम डाँगी र खिम बहादुर बुढाको रोबरमा छोडिएको छ ।’ 

साथै अपहरण मुक्त गरिएपछी  जिल्ला जन परिषद रोल्पाले गाउँपालिका अध्यक्ष वीरबहादुर घर्तीमगरलाइ निम्न सर्तहरु राखेर छाडेको जनाएको छ । 

१) जनताको अनुमति बिना कुनै काम नगर्ने ।

२) क्रान्तिकारी शक्ति बिरुद्ध झुट्टामुद्धा नथुपार्ने ।

३) थवाङका जनताको अपमान हुने प्रकारका सभा नराख्ने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ